Sunday, August 25, 2013

पाइल्स छ ? अव घरैमा हुन्छ उपचार



खानपानको अनुशासन कायम नराख्दा अहिले धेरै मानिस पाइल्स रोगले ग्रस्त भएका छन् । यसलाई नेपालीमा अल्काइ, हर्षा र हिन्दीमा बवासीर भनिन्छ भने अंगे्रजीमा पाइल्स तथा हेमराइइ्स भन्ने गरिन्छ । यो रोग वायु, पित्त र कफको तृपक्षीय दोषहरु कुपित भइ छाला, मासु र मेद धातु दूषित बनाइ मलद्धारमा मासुको गिर्खा उत्पन्न भइ हुने गर्छ । खासगरी गरिष्ट खानपान, अनियमित आहार, लामो समयको कब्जियत आदिको जटिल रुप हो पाइल्स ।
यसको एलोप्याथी, आयुर्वेदिक, होमियोप्याथी आदिमा विभिन्न उपचार पद्धति छ । खप्तडबाबाले केही घरेलु
एवं आयुर्वेदिक उपचार पद्धति सुझाउनु भएको छ ।
(१) सूठो ७ भाग, पिप्ला ६ भाग, मरिच ५ भाग, नागकेशर ४ भाग, तेजपात ३ भाग, सुकुमेल १ भाग, मिश्री २६ भाग सबै मिसाइ कुट्ने र धूलो -चूर्ण) बनाउने । यो चूर्णलाई दैनिक दुई पटक पानीसित ३-६ ग्राम खाने गरेमा पाइल्स निको हुन्छ ।
(२) जाइफल, ल्वाङ, पिप्ला, सिंधे नुन, सूठो, शुद्ध धतुरोको बीऊ, शुद्ध हिङ्गुल, शुद्ध स्वाग समभागमा मिसाई चूर्ण बनाने अनि कागती वा जामुनको रसमा मलेर गोली बनाउने । यस गोलीको नियमित सेवनले पाइल्समा निको हुन्छ ।
(३) नीमको पाकेको फलको गुदी ३ ग्राम, मह ६ ग्राम मिसाइ ११ दिनसम्म दैनिक खाने गरेमा पाइल्समा निकै फाइदा पुग्ने गरेको खप्तडबाबाले गर्नुभएको अभ्यासबाट पुष्टि भएको छ ।
(४) प्याजको रसमा घिऊ र चिनी मिसाएर खाने गरेमा पाइल्स नष्ट हुन्छ ।
(५) मरिच, सिंधे नुन र चितुको जरा समभागमा लिएर चूर्ण बनाइ दैनिक डेढदेखि ३ ग्राम महीसँग खाने गर्नाले पाइल्समा निकै फाइदा पुग्छ । यसले संग्रहणी, मन्दाग्नि, अर्श आदि रोगमा पनि फाइदा हुन्छ ।
(६) नीमको फल, रसाञ्जन र हर्रोलाई कुटेर चूर्ण बनाउने अनि गुलाब जलसित मल्ने । त्यसपछि गोली बनाउने अनि नियमित खाने गर्नाले पाइल्स निश्चित रुपमा निको हुन्छ ।
-७) ज्वानो र सिंधे नुनको चूर्ण ३ ग्राम महीसित मिसाएर पिउने गरेमा पाइल्सको साथै गानुगोलासमेत आराम हुन्छ ।
-८) बेसार र तोरीको बीऊ तोरी तेलमा मिसाइ लेप गर्नाले पाइल्सको गिर्खा बस्छन् ।
-९) नीम र करबीरको पातको कल्कद्धारा लेप गर्नाले पाइल्सको गिर्खा हराउँछन् ।
-१०) सिउँडीको दूधमा बेसार मिसाइ गिर्खा आएको ठाउँमा लेप गर्नाले गिर्खा बस्छ ।
साभार ..............OnlineKhabar

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।