Thursday, August 29, 2013

अनौठो चिंडियाखानाः मान्छे पिंजडाभित्र, सिंह रहन्छ बाहिर ! (फोटोफिचर–सहित)

काठमाडौं, १३ भदौ । जंगलको राजा मानिने सिंहलाई उसको प्राकृतिक बासस्थानमा नजिकबाट देख्नु हरकोही सर्वसाधारणका लागि एक अद्भुत अनुभूति हुन सक्छ । अझ सिंहलाई आफ्नै हातले नजिकबाट खाना खुवाउनु वा आहार दिनु त सामान्य मानिसका लागि सपना जस्तै नै हो ।

तर, विश्वमा एक स्थान छ, जहाँ वास्तविकतामै यी कुराहरु सही सावित भईरहेका छन् । यही तपाईं चाहनुहुन्छ भने तपाईंले पनि नजिकबाटै सिंहलाई खानेकुरा खुवाउन सक्नु हुन्छ ।
न्यूजिल्यण्डको क्रिस्टचर्चस्थित ‘ओराना वाइल्डलाइफ पार्क’मा पुग्ने पर्यटकले आफ्नै हातले सिंहलाई मासु खुवाउने अनुभव
बटुल्न सक्छन् ।
यसका लागि पर्यटकले प्रतिव्यक्ति १५ पाउण्ड रकम खर्चिनुपर्छ । यसपछि सिंहलाई खाना खुवाउन चाहने पर्यटकलाई एक पिंजडायुक्त गाडीमा राखेर पार्क घुमाइन्छ । पर्यटकका हातमा मासुका साना–साना टुक्रा थमाइन्छ ।
त्यसपछि पर्यटकले सिंहलाई आफ्नै हातले मासु खुवाउन सक्छन् । ‘ओराना वाइल्डलाईफ पार्क’ न्यूजिल्याण्डको एक मात्रै ‘खुल्ला’ चिंडियाखाना हो । –एजेन्सीको सहयोगमा ।




hamrokura.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।