Friday, August 30, 2013

रामेछाप स्थायी घर भएका एक युवाले हेलिकोप्टर बनाए भक्तपुरको इथाचामा परीक्षण

भक्तपुर, भदौ १४ । रामेछाप स्थायी घर भएका एक युवाले हेलिकोप्टर बनाएर सार्बजनिक गरेका छन् । रामेछापको मेगपा घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर आज बिधिबध पू्जा अर्चना गरि भक्तपुरको इथाचामा परीक्षण गरिएको छ ।

भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो । हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर
बीएस १-९८ नं. दिइएको छ ।

जसमा २ जनासम्म बस्न मिल्छ । पाइलट पढ्न नपाएपछि आबिस्कार विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाए । त्ससपछि सिवानी एयरमा नाम पनि निकाले । नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले ।

‘मेरो उद्देश्य नै पाइलट बन्नुथियो तर, पैसा नहुँदा पढ्न नसकेपछि मैले पढ्ने काम छोडेर आफैं हेलिकोप्टर बनाउनतिर लाग्छु भनेर लागेको हुँ ।’ उनले भने । उनका अनुसार उनले बनाएको सो हेलिकोप्टर नेपालमा चलिरहेकाभन्दा निक्कै फरक छ ।


हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताए । उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताएका छन् ।

एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् । सँधै केही न केही ल्याएर काम गरिरहन्थ्यो ।

के गर्न लागेको भन्दा यस्तै सामान्य कुरा मात्र हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछ - स्थानीय बासिन्दा रमेश प्रजापतिको आफ्नो भनाइ थियो  ।


Onlinekhaber.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।