Monday, August 19, 2013

टेलिकमले युवालाई सित्तैंमा थ्रीजी

एक करोड जीएसएम मोबाइल लाइनको विस्तारको योजना कार्यान्वयनसँगै टेलिकमले थ्रीजी सेवा निशुल्क दिने वितरणको रणनीति अगाडि सारेको छ। टेलिकमले थ्रीजी प्रिपेड सीम सबै तहका विद्यार्थीका लागि सित्तैमा उपलब्ध गराउने जनाएको हो। टेलिकमले यो योजनामा एकसय रुपैंयामा एकयस रुपैंया नै ब्यालेन्स रहेको सीम दिने हो। थ्रीजी सीम लिनका लागि युवा विद्यार्थीले आफ्नो विद्यार्थी परिचय पत्र र नागरिकताको फोटोकपि बुझाउनुपर्छ। आफनो नागरिकता नभएकाले बाबुआमाको नागरिकताबाट पनि मोबाइल लिन
सक्छन्।

कहिले सम्म

यो योजना अबका चार दिन सम्म काठमाडौं उपत्यका र आसपासमा क्षेत्रका विद्यार्थीले यो सुविधा लिन सक्नेछन्।

कहाँबाट लिने

टेलिकमका काठमाडौं क्षेत्रिय निर्देशनालय अर्न्तगतका कार्यालयबाट यसखालको सीम लिन सक्नेछन्।

के गुणस्तर सुध्रियो टेलिकमको?

नेपाल टेलिकमले आफ्नो महत्वाकांक्षी योजनाका रुपमा काम गरिरहेको एक करोड जीएसएम मोबाइल लाइन विस्तारको काम मध्ये ४८ लाख लाइन वितरण गर्न सक्ने अवस्थामा पुगिसकेको छ। साउनको सुरुवातसँगै राजधानीका विभिन्न क्षेत्रमा टेलिकमले नेटवर्क परिवर्तनको काम गरिरहेको छ। पहिलेको नेटवर्क हटाएर नयाँ नेटवर्क बनाउने काम सम्पन्न भएका राजधानीका रिरोड बाहिरका गाविसहरुमा टेलिकमको सेवा निक्कै राम्रो भइसकेको छ। राजधानीको मुख्य क्षेत्रहरुमा पनि टेलिकमको नेटवर्क सुधारको काम भइरहेको छ। राजधानीको अधिकांश क्षेत्रमा नेटवर्क सुधार भएको अवस्थामा टेलिकमले थ्रीजी सेवालाई लोकप्रिय बनाउन खोजेको हो। यो भन्दा अगाडि नेपाल टेलिकमको थ्रीजी नाम मात्रको थियो इन्टरनेट चल्दैनथ्यो।

पछिल्लो समय चिनियाँ कम्पनी हुवावेको प्रविधि अपनाउन थालेपछि टेलिकमको मोबाइल सेवामा सुधार देखिएको छ। टेलिकमको डाटा सेवामा पनि चामत्कारिक सुधार भेटेको प्रयोगकर्ताहरुले बताएका छन्। (यसबारे हाम्रो फेसबुक पेजमा राम्रै छलफल भएको छ प्रयोगकर्ताका अनुसार टेलिकमको थ्रीजी सेवा चलाउनेले ६ एमबीपीएस सम्मको गतिमा इन्टरनेट चलाउन सकेका छन्।

महँगो छ कि?

नेपाल टेलिकमले अहिले वितरण गरिरहेको थ्रीजी तथा डाटा सेवाको शुल्क देशमा उपलब्ध थ्रीजी र डाटा सेवाहरुमा सबैभन्दा सस्तो हो।

(टेलिकमको अहिलेको मोबाइल नेटवर्कमा भएको सुधार कस्तो अनुभव गर्नुभएको छ कमेन्ट बक्समा साझे गर्नुहोला)

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।