Wednesday, September 25, 2013

ह्वात्तै बढ्यो मलेसियाका अवैधानिक कामदारको जरिवाना

नियमअनुसार शुल्क तिरेर नेपाल फर्कनोस् : दूतावास

रामचन्द्र नेपाल
८ असोज, क्वालालाम्पुर  । अवैधानिकरुपमा मलेसिया बसेर काम गरिरहेका कामदारलाई स्वदेश फर्कने क्रममा नियमविपरीत बढी पैसा लिने गरिएको गुनासो आइरहेका बेला त्यहाँको अध्यागमन विभागले शुल्क निधार्रण गरेको छ । नेपाली दूतावासले पनि नियमअनुसार लाग्ने शुल्कमात्रै बुझाउन र बढी पैसा नतिर्न नेपाली कामदारलाई अनुरोध गरेको छ । तर, अध्यागमनले ४ सय जरिमाना तिरेर स्वदेश फर्किइरहेको
अवस्थामा ३ हजार रिंगेटसम्म जरिवाना बढाएको छ ।
अवैधानिक कामदारले अध्यागमनलाई कति पैसा तिरेपश्चात नेपाल फिर्ता हुन पाउने भन्ने विषयमा अन्यौल भैरहेको अवस्थामा नेपाली दुतावास क्वालालम्पुरले मंगलबार एक सूचना जारी गरी शुल्क निर्धारणबारे ८ असोज, क्वालालाम्पुर  । अवैधानिकरुपमा मलेसिया बसेर काम गरिरहेका कामदारलाई स्वदेश फर्कने क्रममा नियमविपरीत बढी पैसा लिने गरिएको गुनासो आइरहेका बेला त्यहाँको अध्यागमन विभागले शुल्क निधार्रण गरेको छ । नेपाली दूतावासले पनि नियमअनुसार लाग्ने शुल्कमात्रै बुझाउन र बढी पैसा नतिर्न नेपाली कामदारलाई अनुरोध गरेको छ । तर, अध्यागमनले ४ सय जरिमाना तिरेर स्वदेश फर्किइरहेको अवस्थामा ३ हजार रिंगेटसम्म जरिवाना बढाएको छ ।
अवैधानिक कामदारले अध्यागमनलाई कति पैसा तिरेपश्चात नेपाल फिर्ता हुन पाउने भन्ने विषयमा अन्यौल भैरहेको अवस्थामा नेपाली दुतावास क्वालालम्पुरले मंगलबार एक सूचना जारी गरी शुल्क निर्धारणबारे जानकारी गराएको हो ।जानकारी गराएको हो ।
दूतावासले आफ्नो सूचनामा भनेको छ- ‘असम्वन्धित वा अनाधिकृत व्यक्तिको वहकाउ तथा ललाई फकाईमा नपरी नियमअनुसार लाग्ने शुल्कमात्रै बुझाई स्वदेश र्फकन नेपाली राजदूतावासले सबैमा हार्दिक अनुरोध गर्दछ ।’
ढाड सेक्ने गरी बढ्यो जरिवाना
सेप्टेम्वर १ तारिखभन्दा स्वदेश फर्कने अवैधानिक नेपाली कामदारहरुले ४ सय रिंगेट जरिवाना तिरेपछि पुग्ने गरेकोमा अध्यागमनले जरिवाना शुल्क ह्वात्तै बढाएर ४ सयबाट ३ हजार रिंगेटसम्म बनाएको छ ।
अध्यागमन विभाग, पुत्राजया मलेसियाबाट नेपाली दुतावासलाई प्राप्त जानकारी अनुसार ३० दिनभन्दा कम अवधि अवैधानिक भएको व्यक्तिले जरिवाना शुल्क प्रतिदिन ३० रिंगेट र स्पेशल पास शुल्कवापत १ सय रिंगेट बुझाउनु पर्ने भएको छ । त्यसैगरी ३१ दिन देखि ६ महिनासम्म अबैधानिकरुपमा मलेसियामा बसेको कामदारले जरिवानावापत १ हजार रिंगेट र स्पेशल पास शुल्क १ सय रिगेट गरी ११ सय रिंगेट बुझाउनुपर्ने अध्यागमनले जनाएको छ ।
मलेसियामा ६ महिनादेखि ३ वर्ष सम्म अबैध कामदारका रुपमा बस्नेले जरिवानावापत २ हजार रिंगेट र स्पेशल पास शुल्क वापत १ सय रिंगेट गरी २१ सय रिंगेट तिर्नुपर्ने जनाइएको छ ।
त्यसैगरी मलेसियमा ३ वर्षभन्दा बढी अवैधानिक रुपमा बसोबास गरेकाहरूको हकमा ३ हजार रिंगेट जरिवाना र १ सय रिंगेट स्पेशल पास शुल्कसमेत गरी ३१ सय रिंगेट लाग्ने अध्यागमनको सूचनामा उल्लेख छ । अध्यागमनको सूचनामा मलेसियाको अध्यागमन विभाग पुत्राजयामा म्याद रहेको राहदानी वा ट्रार्भल डकुमेण्ट, नेपाल फर्कने टिकट (उडान मिति परिवर्तन गर्न मिल्ने टिकट) आदि पेश गरी स्वयं व्यक्ति अध्यागमन विभागमै उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
  copied onlinekhabar.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।