Monday, September 30, 2013

मन्त्रीपरिषद् अध्यक्ष रेग्मी सोमबार यूएई आउँदै


उमाकान्त पाण्डे गाउंले ,अबुधाबी /  संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त अरब ईमिरेट्स यूएईको आबुधाबी आउने भएका छन ।
 न्यूयोर्कबाट स्वदेश फर्किने क्रममा उनी सोमबार आबुधाबीमा ‘ट्रान्जिट’ बनाइ यूएई आउन लागेका हुन । उनको आगमनलाई यहाँ कार्यरत नेपालीले चासो पुर्वक हेरेका छन ।
 यूएईको समय अनुसार राती ९ बजे आबुधाबी बिमानस्थलमा अवतरण हुने जनाइएको छ । रातीको समयमा बिमनस्थलमा प्रतिक्षा ‘ट्रान्जिट’ बस्नु भन्दा दुतावास पनि भएको र केही ब्यात्तिगत भ्रमणको
‘मेसो’ मिलाएर रेग्मी यूएई आउन लागेको दुतावास स्रोतले बताएको छ ।
दुतावासका उपनियोग प्रमुख दिपक अधिकारीका अनुसार प्रधानमन्त्री आउने निधो भएपनि अपौचारिक रुपमा कुनै कार्यक्रम तय भएका छैनन ।   ‘राजदुत निवासमा ‘सामान्य रात्रीभोज’ गरिने र त्यहा उपस्थित जमघटमा यहाँ रहेका संघसस्थाका प्रतिनिधी तथा केही नेपाली सगं भेटघाट हुन सक्ने छ’ । उनका अनुसार प्रधानमन्त्री रेग्मी सोमबार राती ९ बजे आबुधावी आउने र मगंलबार स्थानिय समय अनुसार दिउंस १:५५ को ईतिहाद उडान मार्फत स्वदेश फर्किने तालिका रहेको छ ।
समय रहे सम्म दुतावासको कार्यलय सम्म प्रधानमन्त्री आउन सक्ने सम्भावना रहेको उपनियोग प्रमुख अधिकारीले जानकारी दिए । समय निकै थोरै भएकोले अन्य कुनै पनि महत्वपूर्ण भ्रमण तालिका नबनाएको दुतावासको दावी छ ।
 यधपी यहाँरहेका धेरै नेपाली संघसस्थाले बैदेशिक रोजगारको आकर्षक गन्तब्यमुलकको रुपमा लिएको यूएईमा प्रधानमन्त्री आउँदा कम्तीमा मृत्‍युदन्डको सजाय सुनाइएका अमर बहादुर बमको बिषयमा केही पहल कदमी गर्न सक्ने आशा राखेको जनाएका छन । यूएईमा रहेका श्रम समस्या समाधान तथा दुतावासको सहजीकरणमा प्रधानमन्त्रीलाई यहाँ स्थापित नेपाली संघसस्थाले ध्यानआकर्षण गराउन लागेको बुझिएको छ । उनीहरुले ज्ञापनपत्र मार्फत ध्यानआकर्षण गराउने छन ।
 प्रधानमन्त्रीको भ्रमण टोलीमा हालै मात्र पररास्ट्र सचिवमा बढुवा भएका यूएईका लागि भूतपुर्वक नेपाली राजदुत अर्जुन बहादुर थापा समेत रहने बाहिर हल्ला भए पनि भ्रमण टोलीमा थापा नरहेको दुतावासले पुस्टी गरेको छ ।  (आश्विन १४ २०७० )

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।