Tuesday, September 3, 2013

विदेशमा काम गरिरहेकाहरु छुट्टीमा नेपाल आएर फर्कनु पर्दा के-के गर्नुपर्छ ?

रातो संस्थागत रुपमा जानेहरुलाई दिइने अनुमति, हरियो व्यक्तिगत।
रातो संस्थागत रुपमा जानेहरुलाई दिइने अनुमति, हरियो व्यक्तिगत।

अख्तियारको कारबाहीपछि विदेश जाने नेपालीहरुले पाइरहेको दुःखबारेको ब्लगमा माइसंसारका पाठक डिल्ली, जीवन थापा र पारस ठकुरीले छुट्टीमा नेपाल आएर विदेश फर्कनेहरु वा नयाँ जान चाहनेहरुका लागि के कस्ता कागजात आवश्यक पर्छन्, त्यसबारे माइसंसारमा नै उल्लेख गरिदिए राम्रो हुन्थ्यो भनेर सुझाव दिएका थिए। दशैँमा नेपाल आउन चाहिरहेका अन्य धेरैको मनमा पनि यस्तै खुल्दुली लागेको हुनसक्छ। त्यसैले यसबारे छोटो चर्चा गर्न लागेको छु। 

सबभन्दा पहिला विदेशमा काम गर्नका लागि भनी जान लागेका नेपालीहरुका लागि के के कागजात आवश्यक छ भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गएको भदौ ८ मा टाँसेको सूचना पढौँ-
श्रम स्वीकृति लिई विदेश प्रस्थान हुन आउनु हुने यात्रु महानुभावहरुलाई देहायका कागजपत्र प्रमाण पेश गर्न अनुरोध छ। अन्यथा यस कार्यालयबाट प्रस्थान अनुमति दिन नसकिने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१) वैध राहदानी र भिसा
२) सक्कल भिसा भएपनि श्रम स्वीकृती लगायतका कागजपत्रसँग हुबहु विवरण खुलेको हुनुपर्ने
३) सक्कल भिसा नभएको अवस्थामा अनलाइनमा भिसाको सम्पूर्ण (पेशा कम्पनीको नाम आदि) विवरण हुबहु मिलेको हुनुपर्ने
४) अंग्रेजी र नेपाली भाषामा बाहेक अन्य भाषाका भिसा लगायतका कागजपत्र प्रमाणहरु नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट भाषा अनुवाद गरेको सक्कलप्रति
५) बीचमा छुट्टीमा नेपाल आएर फर्किनेको हकमा पनि उपरोक्त कागजपत्र प्रमाणहरु पेश गर्नुपर्ने
अध्यागमन कार्यालय
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभाग
अन्य भिसामा जान लाग्नुभएको भए त माथिका सबै कुरा आवश्यक भएन, तर काम गर्नका लागि जाने हो भने म्याद नसकिएको सक्कली पासपोर्ट र भिसा हुनुपर्‍यो; श्रम स्वीकृति लगायतको कागजपत्रसँग पासपोर्टको विवरण हुबहु मिल्नुपर्‍यो; सक्कल भिसा नभएको अवस्थामा अनलाइनबाट हेर्दा भिसाको सम्पूर्ण विवरण (पेशा, कम्पनीको नाम आदि) एक अक्षर यताउता नगरी मिलेको हुनुपर्‍यो; अरु भाषाका भिसा लगायतका कागजपत्र प्रमाणहरु अङ्ग्रेजीमा अनुवाद गरेको सक्कल प्रति बुझाउनु पर्‍यो।
म्यानपावरबाट जान लागेको भए त सबै काम उनीहरुले नै गरिहाल्छन्। मानौँ तपाईँ व्यक्तिगत रुपमा विदेशमा काम गर्न जाँदै हुनुहुन्छ त्यसो भए तपाईँले के गर्नुपर्छ ?
व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जाने कामदारले श्रम स्वीकृति लिनुपर्छ। त्यसका लागि तीनकुनेको वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्छ। तीनकुने पुग्ने बित्तिकै तपाईँलाई दलालहरुले ‘श्रममा आउनुभएको हो ?’ भन्दै सोध्न आउन सक्छन्। तर दलालको फन्दामा नपर्नु होला। सबै काम तपाईँ आफैले गर्न सक्नुहुन्छ। यसका लागि के के गर्नुपर्छ त ? यी कागजातहरु विभागमा बुझाउनु पर्छ-
•रीतपूर्वकको श्रम स्वीकृति फाराम/निवेदन (फाराम डाउनलोड गर्नुस्)
• राहदानी, भिसा, करार सम्झौता पत्र,
• स्वीकृति प्राप्त संस्थाबाट स्वास्थ्य परीक्षण प्रमाणपत्र,
• अभिमुखिकरण तालिम प्रमाणपत्र, (यो भनेको नेपालको वैदेशिक रोजगार कानून सम्बन्धी,वैदेशिक रोजगारमा जाने मुलुकको भौगोलिक स्थिति, संस्कृति,रहन सहन, आर्थिक, सामाजिक र राजनैतिक अवस्था, भाषा, श्रम, अध्यागमन कानून तथा ट्राफिक नियम,एच.आई.भी./एड्स, सरुवा रोग, यौन तथा प्रजनन स्वास्थ्य,व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य,सहज र सुरक्षित यात्रा,कामदारको आचरण, व्यवहार र सुरक्षा,विदेशमा कमाएको आय सरल, सहज र सुरक्षितरुपमा नेपाल पठाउने सम्बन्धी तालिम हो। एकपटक अभिमुखीकरण तालिम लिर्ई वैदेशिक रोजगारमा गएका कामदारले सोही मुलुकमा वैदेशिक रोजगारमा जाँदा पुनः अभिमुखीकरण तालिम लिनु पर्ने छैन। यस्तो तालिम दिने संस्थाको नाम यहाँ क्लिक गरी पढ्नुस‌्। तपाईँलाई यी सब कुरा थाहा भए पनि प्रमाणपत्र त चाहिन्छ)
• करार अवधि समेटने गरी गरेको बिमा,
• कल्याणकारी कोषमा रकम जम्मा गरेको बैंक भौचर (१ हजार रुपियाँ जम्मा गर्नुपर्छ तपाईँले)
• महिला कामदारको हकमा राजदुतावासबाट भेरिफिकेसन/प्रमाणित पत्र,
• खाडी मुलुक (साउदी अरब, कुवेत, कतार र दुवई) मा घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जाने महिलाको हकमा उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने र दूतावासबाट कागजात प्रमाणित भएको हुनुपर्ने,
• दूतावास भएका मुलुकमा जाँदा दूतावासको प्रमाणिकरण,
• दूतावास नभएका मुलुकहरुमा जान सम्बन्धित मुलुकको आधिकारीक निकायको प्रमाणिकरण ।
सब कागजात पुगेको भए तपाईँले निवेदन पेश गरेकै दिन श्रम स्वीकृति दिनु पर्छ। यसका लागि तपाईँको लाग्ने खर्च भनेको फाराममा टाँस्न रु.१० को टिकट र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डमा रु. १,००० जम्मा गरेको बैँक भौचर हो। यी सब कागजात तपाईँले व्यक्तिगत श्रम स्वीकृति शाखामा शाखा अधिकृत/नायब सुब्बा/खरिदारलाई पेश गर्ने हो। उनीहरुले रायसहित पेश गरेको तपाईँको निवेदनलाई निर्देशकले अन्तिम निर्णय गर्छन्। तपाईँलाई केही कुरामा चित्त बुझेन भने नोडल अधिकृतकोमा गुनासो गर्न सक्नुहुन्छ। काममा ढिलाइ सिलाइ गरे उजुरी तथा अनुसन्धान शाखामा उजुरी गर्न सक्नुहुन्छ। छानबिनमा दोषी ठहरिए तपाईँले क्षतिपूर्ति रकम समेत पाउनु हुनेछ।
त्यसैगरी तपाईँ विदेशबाट नेपाल आउनुभएको छ र फेरि फर्कन चाहनुहुन्छ भने श्रम स्वीकृतिको म्याद सकिएको भए नवीकरण गर्नुपर्नेछ। यसका लागि तपाईँले पेश गर्नुपर्ने मुख्य कागजात यस्तो छ-
• रीतपूर्वकको श्रम स्वीकृति फाराम/निवेदन,
• राहदानी, र सोको फोटोकपी,
• अवधी खुलेको भिसाको फोटोकपि,
• करार अवधि समेटने गरी गरेको बीमाको प्रति
• कल्याणकारी कोषमा रकम जम्मा गरेको बैंक भौचर,
• राहदानीमा अराइभल लेखेको स्टिकरको फोटोकपि।
सब कागजात पुगेको भए तपाईँले निवेदन पेश गरेकै दिन श्रम स्वीकृति दिनु पर्छ। यसका लागि तपाईँको लाग्ने खर्च भनेको फाराममा टाँस्न रु.१० को टिकट र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डमा रु. १,००० जम्मा गरेको बैँक भौचर हो। यी सब कागजात तपाईँले व्यक्तिगत श्रम स्वीकृति शाखामा शाखा अधिकृत/नायब सुब्बा/खरिदारलाई पेश गर्ने हो। उनीहरुले रायसहित पेश गरेको तपाईँको निवेदनलाई निर्देशकले अन्तिम निर्णय गर्छन्। तपाईँलाई केही कुरामा चित्त बुझेन भने नोडल अधिकृतकोमा गुनासो गर्न सक्नुहुन्छ। काममा ढिलाइ सिलाइ गरे उजुरी तथा अनुसन्धान शाखामा उजुरी गर्न सक्नुहुन्छ। छानबिनमा दोषी ठहरिए तपाईँले क्षतिपूर्ति रकम समेत पाउनु हुनेछ।
यसपछि तपाईँको काम श्रम कक्ष (लेबर डेस्क) मा हुनेछ। त्यहाँ तपाईँलाई वैदेशिक रोजगार विभागबाट दिइएको श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत नयाँ, व्यक्तिगत नवीकरण) को स्टिकरमा निस्सा प्रदान गरिन्छ। त्यसका लागि तपाईँले पेश गर्नुपर्ने कागजातहरु-
• सक्कलै राहदानी तथा भिसा,
• विमा, कल्याणकारी कोषमा रकम जम्मा गरेको भौचर,
• संस्थागत रुपमा जानेको हकमा श्रम स्विकृति पत्र र इजाजत
पत्रवालालाई रकम बुझाएको रसिद/भौचर,
• अनुमति प्राप्त संस्थाबाट लिएको स्वास्थ्य परीक्षणको
प्रमाणपत्र,
• रोजगार सम्झौता पत्र।
यी कागजात तपाईँले श्रम कक्षमा रहेका ना.सु./कम्प्युटर अपरेटर/ खरिदारलाई बुझाउने हो। उनीहरुले रायसहित पेश गर्छन् र अन्तिम निर्णय शाखा अधिकृतले गर्छन्। केही गुनासो भए तपाईँले निर्देशककहाँ गएर गर्नुपर्छ। यी सब काम गर्न तपाईँलाई कुनै शुल्क लाग्ने छैन।
इमेलबाट सम्पर्क गर्न चाहे वैदेशिक रोजगार विभागका विभिन्न इमेल यस्ता छन्-
Director General
dg@dofe.gov.np
Administration
admin@dofe.gov.np
Individual
ind@dofe.gov.np
Orientation
orientation@dofe.gov.np
Ujuri (Complaints)
ujuri@dofe.gov.np
इराकमा काम गरेर फर्केको हो भने चाहिँ तपाईँले श्रम स्वीकृति पाउनु हुन्न। किनभने इराकमा काम गर्नका लागि सरकारले स्वीकृत दिएको छैन। सरकारले वैदेशिक रोजगारका लागि खुला गरेका देशहरुको नाम यस्तो छ-
सुरुमा अर्कै भिसामा विदेश गएर काम गर्न थाली काम गर्ने भिसा लिएको तर नेपालबाट श्रम स्वीकृति नलिएकाहरु पनि हुन्छन्। त्यस्ताले छुट्टीमा नेपाल आएर फर्कँदा श्रम स्वीकृति लिनु पर्छ। गएको महिना (साउन) मा कुन कुन देशका कति जनाले यस्तो स्वीकृति लिए त ?

कहाँ छ वैदेशिक रोजगार विभाग ? नक्सा हेर्नुस्-

View Larger Map
आशा छ, यो जानकारीले तपाईँलाई फाइदा गर्‍यो होला। अरु थाहा नहुनेहरुलाई पनि तपाईँले यसबारे जानकारी दिनुहोला है।

copied by mysansar

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।