Sunday, September 22, 2013

दोलखाको लामाबगरमा धारिलो हरियार प्रहार गरी एकको हत्या

६ असोज, दोलखा । धारिलो हरियार प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । चारपाँच जनाको समूहले लामाबगर-२ मा रामेछाप लखनपुरका अन्दाजी ३२/३३ वर्षीय नारायण मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
लामाबगरमा सिनोहाइड्रोमा कार्यरत मगरलाई राति साढे ११ बजेतिर चार पाँचजनाको समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नहरुलाई राति ३ बजेभित्रै व्यापक प्रहरी परिचालन गरी पक्राउ गरिएको दोलखाका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
हत्याको अभियोगमा पक्राउ पर्नेहरुमा दोलखाको वोच गाविस वडा नं ७ का रामचन्द्र खत्री, वोच-९ का दिलीप खत्री, भीमेश्वर नगरपालिका १३ का रमेश केसी र भिनपा-११ का ओमशरण थापा रहेका प्रहरीले जानकारी दिएको छ । हत्याको विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । रासस  साभार  अनलाइन खवरबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।