Wednesday, September 25, 2013

६ बर्ष अघि यूएई आएका एक नेपाली परिवारको संपर्क बिहिन

 lउमाकान्त पाण्डे गाउंले -
असोज ८ दुबइ - रोजीरोटीका लागि बिदेशमा आएका तपाईं हामी घर परिवार बाट संपर्क बिहिन भयौ भने घरमा रहेका आफन्तको स्थिती कस्तो होला ? बर्षौ अर्काको देशमा काम गरेर स्वदेश फर्किने दिन गन्ती गर्दै बस्ने तपाईं हामी आफ्नो परिवारको माया लत्ताएर बिदेशका गल्लीहरुमै अलमलमा झलमल गर्न लागियो
भने सोच्नुश त घरको स्थिती के हुन्छ ? नयाँ चाचा लगाउन बाबाको मुख ताकेर बसेका नालाबालाको स्थिती कस्तो होला ? आज आउँला कि भोली आउँला भनेर बाटो कुरेका घरका सदस्यको पिरलोले तपाईं हाम्रो बाँकी जीवन खुशीले बित्न सक्ला त ? अहिले यूएईको दुबइमा यस्तै चर्चा परिचर्चा हुने गरेको छ , सन्तोष बहादुर परीयार कहाँ होलान ? सबैको जिज्ञासा यस्तै हुन्छ ।


रोजगारीका लागि दुबइ आएका एक नेपाली घर परिवारसगं संपर्क बिहिन भएका छन । कास्की ढुगेंसाहु टुटुङगाका कृष्ण बहादुर ढकालले संपर्क बिहिन सन्तोष पारीयारको खोजी गर्दै सहयोग गर्न संचार माध्यम सम्म आवाज पुराउन संचारकर्मी माझ अनुरोध गर्दै हिंडेका छन ।

दुबइमा हुने सबैखाले कार्यक्रम तथा पार्कमा रहेका नेपालीमाझ ढकालले हराएका नेपाली खोजीदिन आग्रह गर्दै हिंडेका छन । एउटा हातमा राहदनीको फोटोकपी , अर्को हातमा सन्तोषको फोटो लिएर पार्कमा रहेका नेपाली माझ हारगुहार गर्दै हिंडेका ढकाल भन्छन ‘आफ्नै जिल्लाको  नागरिक आफु कार्यरत मुलुकमा हराएछन,नेपाल बिदामा जादा पररास्ट्रका अधिकारिले यस् बारे पीडित परिवार सग भेट गराए पछि चासो लिएर खोजी अभियानमा जुटेको हुँ ।’

पुम्दीभुम्दी ५ कास्कीका सन्तोष ६ बर्ष अघि दुबइमा घरेलु कामदारको रुपमा आएका हुन । उनी दुबइ आउँदा उनकी छोरी जन्मेको जम्मा ३ दिन भएको थियो । अहिले सम्म उनी नेपाल फर्केका छैनन । दुबइ बाट घर बिदामा नेपाल जाने भनेर एक बर्ष अघि दुबइ बिमानस्थल सम्म घरको सवारी चालकले पुराएका थिए । काठमाण्डौ बिमानस्थलमा छोराको प्रतिक्षा गरेर बसेका बाबु झलक बहादुर परीयार रित्तो हात घर फर्किए । अहिले उनी छोराको खोजी गरिदिन पररास्ट्र देखी बिभिन्न अधिकार कर्मीको कार्यालयमा हारगुहार गरिरहेका हुन्छन । जहाँ गए पनि यूएईको हकमा तपाईंकै जिल्लाका समाजसेवी कृष्ण बहादुर ढकाल छन । नेपाली समाज यूएईका अध्यक्ष समेत भएका । ‘उहालाई संपर्क गर्नुस तपाईंको छोराको पत्तो लाग्ने छ,’ सबैले यसै भनेर अहिले उहा नेपाल आएको थाहा पाएर छोराको खोजी गरिदिन अनुरोध गरेका हौ टेलिफोन संपर्कमा झलक बहादुरले भने ।

यस् अघि कतारमा काम गरेर नेपाल फर्केका उनी दुबइमा आएर पनि खासै घर परिवार सग नजिक भने थिएनन । ‘श्रीमती , छोरी आफ्नै त हुन- आफ्नो घर जहिले गए पनि त हुन्छ’ आफन्त सगं उनी यसै भन्ने गरेको दाई पर्ने मामाको छोरा गोपाल बहादुर परीयारले बताए । छोरी पनि अहिले ६ बर्षकी भईन बाबा खै भनेर सोधेको सोधै गर्छिन भक्कानिदै श्रीमती लक्ष्मी परीयारले भनिन ।copied by prabasionline.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।