Tuesday, October 15, 2013

दोलखा बजारमा नवमीको मध्यरातमा मेषबली पूजा

दोलखा, आश्विन २८ - नेवार समुदायको ऐतिहासिक, धर्मिक, सांस्कृतिक सहरले परिचित दोलखा बजारमा नवमीको मध्यरातमा मेषबली पूजा गरिएको छ ।
बजारका टोल र मन्दिरहरुमा पूजापाठा गर्दै कालरात्री (मध्यरात)को समय पारेर भीमेश्वर मन्दिरमा चार वटा
राँगाको घाटी रेटेर मेषपूजा गरिएको हो । भीमेश्वर मन्दिर व्यवस्थापन समितिको खर्चमा भएको मेषपूजाको क्रममा नवमीको राती करिब ११ बजेतिर पिंगलको गम्भीरखर्ग र गुठियारबाट गणेशस्थानमा पुजा भएको थियो । त्यसपछि बाजाजागासहित भीमेश्वर मन्दिरमा आइपुगेको गुठियार, पूजारी र बजारका सर्वसाधरणको समुहले बली पूजा गरिएको मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले बताए ।
मेषपूजा अघि भीमेश्वरको मूर्तिमा बोका पूजा गरिएको थियो । त्यसपछि कुन्ती भगवतीमा कुमारबली पूजा गरिएको श्रेष्ठले जानकारी दिए । मेषपूजापछि भैरबस्थानमा भेडाबली पूजा भएपछि चारदिन(चथुर्ति) सम्म भीमेश्वरमा कुनै पनि बली पूजा हुँदैन ।  कालरात्रीको दिन बली दिइएको रागालाई टिकाको भोलीपल्ट खड्ग जात्राको दिनसम्म राखेर देखाइने चलन छ । त्यसरी देखाइनुको अर्थ देवदवीले राक्षसको बध गरी विजय प्राप्त गरेको संकेतको रुपमा स्थानीयले लिने गरेका छन् ।
copied by www.ekantipur

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।