Tuesday, October 15, 2013

दोलखामा 'हिपाथामी' प्रारम्भ

दोलखा, आश्विन २९ - ऐतिहासिक सहर दोलखा बजारमा दैव्य शक्तिमाथि सत्यको विजयको स्वरुप मनाइने हिपाथामी जात्रा विजयादशमीको दिनदेखि सुरु भएको छ ।
चर्तुदशीका दिन अन्त्य गरिने यो जात्रालाई नेवारी र थामी समुदायको परम्परागत सास्कृतिक सम्बन्धको
रुपमा हेरिन्छ । महानवमीको मध्य रातमा दोलखा बजारका १२ स्थानका शक्तिपिठमा वली चढाएपछि विजय दशमीको विहान टिका ग्रहण गर्नुअघिबाट यो जात्रा प्रारम्भ हुने स्थानीय भरत श्रेष्ठ बताउँछन् ।
विषेश गरी थामी समुदायका नाइके अगुवाईमा वाजा गाजासहित भीमेश्वर मन्दीरमा दानवको प्रतिक हिपाथामी स्नान गरी निस्केपछि त्रिपुरा सुन्दरी मन्दीरमा चढाएको वलीको रगत पिएर जात्रालाई रोचक बनाइन्छ । त्यस्तै राजकुलमा गएर दानवको प्रतिक आगो मुखमा हालेर दानवको उग्ररुप प्रस्तुत गरिन्छ ।
दोलखाको उत्तरी गाउँ सुन्द्रावतीबाट आएका थामीहरुमध्य जात्रामा भगवतीको राक्षसको बध गरिएको भन्ने मान्यताको आधारमा काटिएको रागाको टाउँको बोक्ने दुई जना मुख्य पात्र हुन्छन् । त्यस्तै हिपाथामीको भूमिका निर्वाह गर्ने चार जना हुन्छन् । साहसिक हिपाथामीलाई भगवतीद्धारा  आफ्नो गणको रुपमा स्वीकार गर्ने भनाई छ ।
देवयुगमा महिषाशुरविरुद्धको युद्धमा देवदुतका रुपमा हिपाथामीको स्वरुप ग्रहण गर्नेहरुलाई लिइन्छ । यो जात्रालाई देव र नर मिलेर युद्ध जितेपछि बाँकी रहेका राक्षसहरुलाई परास्त गर्ने कार्य देवदुतका रुपमा आएका हिपाथामीलाई सुम्पिएको विश्वास गरिएको छ ।
साभार  .ekantipur.

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।