Tuesday, October 15, 2013

दोलखाका उम्मेदवारहरू को को कस्ता ? पूरा हेर्नुहोस

दोलखा, आश्विन २९ - समाज परिवर्तन, उद्यम र आर्थिक विकासका योजना बनाउन सक्षम दाबी गर्ने उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँको २ निर्वाचन क्षेत्रमध्ये १ बाट प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरू ३२ देखि ६० वर्ष उमेरकासम्म छन् । त्यस्तै क्षेत्र नम्बर २ मा ५२ देखि ५५ सम्मका छन् । संविधान निर्माण प्रक्रियामा उमेरको खासै महत्त्व नहुने भए पनि आफूलाई युवा र पाका भनेर परिचय दिन
भने कन्जुस्याइँ गर्दैनन् ।

आफूलाई कान्छा र युवा उम्मेदावार भनेर परिचय दिने एमाओवादीबाट क्षेत्र नं. १ का विशाल खड्का युवा परिचालन र पार्टीको योजना बनाउन विशेष दक्ष ठान्छन् । जुगुमा जन्मिएका ३२ वर्षे विशाल भूमिगत जीवन र पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्यको छविलाई मतदातामाझ लाग्ने सुरमा छन् । ७ वर्ष जेल जीवन र स्व. रितबहादुर खड्काका भाइको अनि पूर्वसभासद दिदी देवी खड्कालाई अघि लगाएर चुनावी मैदानमा उत्रने विचार उनको छ ।

विकासको बाहक भएको दाबी गर्ने जिपछिरिङ लामा कांग्रेस क्षेत्र नम्बर १ का समाजसेवी नेताका रूपमा परिचय दिँदै मतदातामाझ पुगेका छन् । ५८ वर्षको पाका व्यक्तित्व ठान्ने जिपछिरिङ पूर्वसभासद हुँदा आफ्नो पारिश्रमिक समेत विकास निर्माणमा खर्चेको जस लिन चाहन्छन् । श्यामामा जन्मिएर निर्माण व्यवसाय क्षेत्रको राष्ट्रिय नेतृत्व गरेका उनी निजी खर्चमा पनि जनताको साना- तिना चाहना पूरा गरिदिन सक्ने छन् ।

पार्टी पंक्तिभित्र काम गर्न सक्ने व्यक्ति भनेर कहलिएका पार्वत गुरुङ दोलखा एमालेभित्र सर्वसम्मत विधिका सफल नेता मानिन्छन् । जिल्ला अध्यक्षको भूमिकाले नै निर्वावाद उम्मेदवार बन्ने हैसियत प्राप्त गरेका ४५ वर्षे पार्वत उद्यम र व्यवसाय क्षेत्रका योजनाकारले चिनिन्छन् । सुरीमा जन्मिएका उनले पार्टीपंक्ति भित्र चलाएको उत्पादनमुखी कार्यकर्ता र एक गाउँ एक सामूहिक उत्पादन नीतिलाई मतदातासम्म लाने योजनामा छन् । जनजाति समस्याबाट एमाले केन्द्रलाई बचाउने अभियानको नेतृत्व गरेको भनेर पार्टीभित्र प्रशंसित उनी पार्टीको संगठित जुझारु शक्ति परिचलन गरेर सफल बन्ने धुनमा छन् ।

क्षेत्र नं २ मा यसपटक ठूला पार्टीहरू एमाओवादी, कांग्रेस र एमालेले क्षेत्र नम्बर १ मा जन्मिएका व्यक्तिलाई उठाएका छन् । घ्याङसुकाठोकरका शंकर लामा ज्याला मजदुरीबाट आएका त्यागी नेताको छवि बाँडेर मतदाता आकषिर्त गर्ने सुरमा छन् । ५२ वर्षीय पाका नेता भनेर प्रस्तुत हुने शंकर भूमिगत राजनीतिदेखि हालसम्म सादा जीवनशैली बिताएको अनुभवले गरिबको परिवर्तन गर्न मदत गर्ने विश्वास राख्छन् ।

जिल्लाको कांग्रेस राजनीतिमा पटकपटक पार्टी सभापति भएर सफल मानिने ताराबहादुर कोइराला लोकपि्रय छवि नै निर्वाचनमा सफल हुने कडी मान्छन् । अघिल्ला दुई निर्वाचनमा पराजय भोगेको अनुभव नै यसपटक सफलतामा परिणत हुने विश्वास राख्ने तारा वामदेखि कांग्रेस राजनीतिसम्मका अनुभव मतदातामाझ बाँड्न चाहन्छन् । पवटीमा जन्मिएका ५५ वषर्ीय तारा आफूलाई चुनाव हार्दा पनि जिल्ला विकासमा निरन्तर लागिपर्ने नेताका रूपमा उभ्याउन चाहन्छन् ।

प्रकाशित मिति: २०७० आश्विन २९ ०७:४३
  copied by  ekantipur.com

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।