Saturday, October 19, 2013

एकिकृत नेकपा माओवादीको चुनावी घोषणा पत्रका मुख्य बुँदाहरु

१० वर्षमा नेपाललाई विश्वको उच्च मध्यम तहको धनी र ४० वर्षमा उच्च तहको धनी देशमा रुपान्तरण गर्ने ।
– १० वर्षमा १० हजार मेगावाट, २० र ४० वर्षमा क्रमश : २५ हजार र ४५ हजार मेगावाट विद्युत उत्पादन । १० वर्षमा सबै गाउँ वस्तीमा विद्युत ।
– ५ वर्षमा कुल ७.९ प्रतिशतको आर्थिक बृद्धि । दश, वीस र चालिस वर्षमा क्रमशः ११, १२.४ र १२.४ प्रतिशतको आर्थिक बृद्धिले औसतमा ११.९ प्रतिशतको बृद्धि हासिल गर्ने ।
– १० वर्षमा बेराजगारीको अन्त्य गरी देशभित्र पूर्ण रोजगारीको व्यवस्था गर्ने ।
– ५ वर्षभित्र निरक्षरता र १० वर्षमा निरपेक्ष गरीबीको पूर्ण उन्मुलन ।
– प्रत्येक गाविसमा खेल मैदान, निर्वाचन क्षेत्रमा सेमी कभर्ड हल, पाँच विकास क्षेत्रमा १/१ रंगशाला र एक अन्तराष्ट्रि रंगशाला
– प्रत्येक नेपालीका लागि प्रमुख ५० रोगको स्वास्थ्य विमा ।
– प्रत्येक निर्वाचन क्षेत्रमा नमुना सहकारी गाउँ निर्माण । ५ वर्षभित्र पूरै देशलाई खुला दिसा मुक्त क्षेत्र बनाउने ।
– चीनको तिब्वतबाट आउने रेललाई काठमाडौं हुँदै लुम्बिनी पु¥याउने ।
– निजगडमा अन्तराष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा, विराटनगर, धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण । ५ वर्षमा थप ५ वटा हजाइजहाज खरिद ।
– किसानलाई परिचय पत्र । कृषक पेन्सन कोषको व्यवस्था । भूमिहिनले जमिन किन्न चाहे किनेको जग्गा राखेर न्यून व्यजदरमा १० वर्षसम्म ऋण ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।