Tuesday, October 22, 2013

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौं, कात्तिक ५ – नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एकीकृत माओवादी लगायतका दलले जस्तै एमालेले पनि संविधान निर्माण र देशको काँचुली फेर्ने वाचा सहित लोकप्रिय नारा तय गरेको छ ।
घोषणापत्र मार्फत एमालेले मुख्य निम्न कुरामा जोड दिएको छ :

  • संविधानसभाको पहिलो बैठकमा विगत संविधानसभाले गरेका काम र सहमतिहरूको स्वामित्व ग्रहण गर्न प्रस्ताव प्रस्तुत गरिनेछ ।
  • विगत संविधानसभाबाट गरि एका सहमतिहरूलाई नयाँ संविधानमा निर न्तर ता दिन दलहरूबीच नयाँ सहमतिका लागि विशेष पहल गरिनेछ ।
  • संविधानसभाको पहिलो बैठक बसेको एक वर्षभित्रमा संविधानको मस्यौदा तयार गरि जारी गर्ने गरी कार्यतालिका निमार्ण गरिनेछ । संविधानसभाको प्रक्रियाबाट समाधान हुन नसकेका विषयहरूलाई जनमत सङ्ग्रहका माध्यमबाट टुंगो लगाइ संविधान जारी गरिनेछ ।
  • सङ्क्रमणकालको व्यवस्थापनका लागि पार्टीले आगामी दिनमा पनि राजनीतिक सहमतिमा निरन्तर जोड दिने छ । संसदभित्र र सरकार गठनमा उत्पन्न हुन सक्ने बहुमत अल्पमतको स्थितिले संविधान निर्माणलाई प्रभावित गर्न नदिन पार्टीले जिम्मेवार भूमिका खेलिरहने छ ।
  • समाधान हुन नसकेका या विवादका रूपमा रहेका संवैधानिक प्रश्नहरूलाई समाधान गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरिनेछ ।

एमालेले पाँच वर्षभित्र गर्ने कामको लक्ष्य यस अनुसार निर्धारण गरेको छ :

  • लोकप्रिय कार्यक्रम – आफ्नो गाउँ–आफैँ बनाउँलाई निरन्तरता दिँदै प्रत्येक गाविसमा ५० लाख अनुदानको व्यवस्था गरिने छ ।
  • ‘नौ–स’ अभियानलाई पुनः सञ्चालन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ विन्यास गरिनेछ ।
  • ५ लाख घर बार विहीन परिवारलाई आवासको ग्यारेन्टी गरिने छ । १० वर्षभित्र कोही पनि नागरिक घरबार विहीन हुनेछैनन् ।
  • मातृ मृत्युदर शून्यप्रायःमा झारिनेछ र गरिबीको रखोमुनि रहेका सम्पूर्ण बालबालिकालाई कुपोषण्बाट बचाइने छ । आधारभूत र प्राथमिक स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गरिनेछ ।
  • आधुनिक ऊर्जामा सबै जनताको पहुँच पुर्‍याइने छ । लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुनेछ ।
  • विकासशील मुलुकको मापदण्ड अनुरूपको बस्ती विकास गर्न २४० निर्वाचन क्षेत्रमा एक एक वटा नमुना गाउँको विकास गरिनेछ ।

एमालेका नाराहरु

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरौं ।
स्वाधीन, समृद्ध र समतामुलक राष्ट्र निर्माण गरौँ ।
एमालेको अभियान समावेशी लोकतन्त्र
बहुपहिचान सहितको संघीयता र सुदृढ गणतन्त्र ।
पहिचानका पाँच आधार; सामथ्र्यका चार
जबजलाई मियो मानौं हुन्छन् सबै तयार ।
बहु पहिचान सहितको संघीयता,
समाजिक सद्भाव सहितको राष्ट्रिय एकता ।
बहुलता र सामाजिक विविधता
राष्ट्रिय एकताको मौलिक विशेषता ।
राज्यराष्ट्र हाम्रो मौलिक पहिचान,
राज्य पुनर्संरचना साहितको नयाँ संविधान ।
नेपाल राज्यको चरित्र
संघीय लोकतान्त्रिक गणतन्त्र ।
बहुलता– ने पाली समाजको विशे षता
राज्यशक्तिको स्रो त– ने पाली जनता ।
सामाजिक न्याय सहितको लोकतन्त्र
समाजवाद उन्मुख अर्थतन्त्र ।
सबैलाई शिक्षा, स्वास्थ्य र रो जगार
समनताको आधार, सुखी नेपाली र समृद्ध नेपाल ।
बनाउनै पर्छ नयाँ संविधान
संविधान निर्माणका लागि सूर्यमा मतदान ।
मधेश–तराई, पहाड, हिमाल
छुवाछूत मुक्त राष्ट्र नेपाल ।
रूपान्तरण : श्रमशक्तिको विकासबाट;
समाजवाद : श्रम संस्कृतिको विकासबाट ।
सहमतिबाट पछि हट्दैन एमाले
अनुचित कुरामा झुक्दै न एमाले ।
हिमाल, पहाड, मधेश–तराई,
अशिक्षा, गरिब र अविकासलाई गर्छौं बाईबाई ।
महिला, पुरुष, अन्य सबै बनाऊ समान
जनता मिलेर राष्ट्र बन्छ, समाऊ कमान ।
जगै बाट उठाउँछौँ, अर्थतन्त्रको आधार
समाजवाद हाम्रो लक्ष, हामी छौं है तयार ।
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ
संविधानसभाबाट संविधान बनाउन उठ ।
सूर्य तपाईं कै चिन्ह हो, भोट हालौं,
बहुपहिचान सहितको संघीयता र सुदृढ राष्ट्रिय एकताको पक्षमा आवाज बुलन्द पारौं ।
स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान
दिगो शान्ति र समृद्धि– एमालेको अभियान ।
  copied by    ujyaaloonline.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।