Thursday, October 24, 2013

दोलखामा कांग्रेस उम्मेदवारलाई एनेकपा माओवादीको अवरोध

दोलखा - नेपाली कांग्रेस दोलखा क्षेत्र नं १ का उम्मेदवार जिपछिरिङ लामालाई एकिकृत नेकपा माओवादीका कार्यकर्ताले दोलखाको जुगुँ गाउँमा अवरोध पुर्‍याएका छन्। झ्याकुको चुनावी अभियान सकेर जुँगु फर्कदै गरेका उनलाई एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले सडकमा रुख ढालेर झ्याकु र जुँगुको सिमानामा अवरोध पुर्‍याएको दोलखा कांग्रेसले जनाएको छ।
जुँगु एनेकपा माओवादीका उम्मेदवार बिशाल खड्काको गाउँ हो।
उनका दाजु ढालबहादुर खड्काको नेतृत्वमा गएराती सडकभरी ढुङ्गा थपार्नुका साथै रुख ढालेर अवरोध गरिएको कांग्रेसका जिल्ला नेता बर्मा लामाले बताए। सडकभरी रुख ढालेर साथै ढुङ्गा थुपारेर गरिएको अवरोधका कारण लामा सहितका कांग्रेस जिल्ला नेता र कार्यकर्ताहरुको टोली एक घण्टा सम्म रोकिएको थियो।
बिहLबार बिहान जुँगु आउदै गरेका उम्मेदवार लामाको टोली अवरोधमा परेको थाहा पाएपछि स्वस्फूर्त रुपमा स्थानियबासीले बञ्चरो, झ्याम्पल लगायतका हतौडा बोकेर अवरोध खुलाएका थिए। अहिले जुँगुमा कांग्रेसले चुनावी सभा गरिरहेको छ।
कांग्रेसको पक्षमा जनलहर उर्लिएको देखेपछि एनेकपा माओवादीले अत्तालिएको उम्मेदवार लामाले बताए।
  नागरिकबाट  साभार  

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।