Friday, October 25, 2013

माथिल्लो तामाकोसीका मजदुरलाई सिनो हाइड्रोद्वारा दसैंतिहार खर्च


दोलखा, कार्तिक ७ गते । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले यस वर्ष दसैं खर्च र ७ दिन विदाको सुविधा पाएका छन् । आयोजनाको सिभिल निर्माणको जिम्मा पाएको चिनीया कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आफू मातहातका मजदुरहरुलाई यस वर्ष दसैं खर्च वापत एक महिना बराबरको तबल र ७ दिन विदा दिएको हो ।
सरकारी तथा गैर सरकारी निकायहरुमा कर्मचारीहरुले पाउने सुविधा अनुसार नै चिनीया कम्पनीले पनि
उसका मातहातका कर्मचारी र मजदुरहरुलाई चाडपर्व खर्च र विदा दिएको हो । चाडपर्व विदाको समेत तलब दिने भएको आयोजनामा कार्यरत गाडी चालक सागर श्रेष्ठले बताए । चिनीयाँ कम्पनीको यस्तो कामले नेपानी मजदुरहरु उत्साहित रहेको उनले बताए ।

चिनीया कम्पनीले पछिल्लो समय चिनीयाँ कामदार र कर्मचारीहरु समेत घटाएर नेपालीहरु बढाएको छ । सुरुमा इन्जिनियर र सुरुङमा काम गर्ने मजदुरहरु आफ्नै देशबाट ल्याएकोमा नेपालीहरुको सीप विकास हुँदै गएपछि नेपालीलाई अवसर दिएको हो । चिनीयाँ मजदुर ल्याउँदा श्रम स्वीकृतिको झमेला र महङ्गो पर्ने भएकाले पनि नेपालीहरु राख्दै गएको एक अधिकारीले जानकारी दिए ।

सुरुङको डिजाइन परिवर्तन अर्को हप्ता निर्णय हुने

माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४ सय ५६ मेगावाट० को मुख्य सुरुङ डिजाइन परिवर्तन एक हप्ता भित्र टुङ्गो लाग्ने भएको छ । आयोजनाले नियुक्त गरेको अन्र्तराट्रिय विज्ञ समूहले आर्थिक र प्राविधिक रुपमा पनि डिजाइन परिवर्तन गर्न सुझाव दिएपछि परामर्शदाताले दिएको दोस्रो विकल्प अनुसार डिजाइन परिवर्तन हुने भएको हो ।

आयोजनाको परामर्शदाता कम्पनीले पेनस्टक सुरुङ आसपासमा कमजोर भौगर्भिक अवस्था भएकाले डिजाइन परिवर्तन गर्न सिफारिस गरेपछि आयोजनाले छुट्टै अन्र्तराष्ट्रिय विशेषज्ञ नियुक्त गरेर छुट्टै अध्ययन गरेको थियो । आयोजनाले नियुक्त गरेका जर्मनी दुई विज्ञ जियोलोजि तथा हाइड्रोलोजी वयनफ्रिथ राइभर र जियोटेक्निस तथा रक मेकानिक्स प्रा। डा। इङ हेल्भअट बोक थिए ।
उनीहरुले सुरुङको डिजाइन परिवर्तन गर्नका लागि सिफारिस गरेको आयोजनाका का।मु। प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए ।
साभार  ्.......मेरो  जिल्ला  डटकम 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।