Saturday, October 19, 2013

गगन थापाको चुनावी प्रचारमा बाम बुद्धिजीवी खगेन्द्र संग्रौला

 संवाददाता-
काठमाडौं, २ कार्तिक। मंसिर ४ गते हुने संविधानसभाको चुनावको लागि दलका उमेद्वारहरु मत माग्न घरदैलोमा पुग्ने क्रम शुरु भएको छ। यसै क्रममा काँग्रेस नेता तथा काठमाडौं काँग्रेस क्षेत्र नं. ४ का उमेद्वार गगन थापा दोस्रो दिन चाहविल क्षेत्रमा चुनावी अभियानमा जुटेका छन्। वडा नं. ७ का विभिन्न टोलमा गगन थापा आफ्ना समर्थकहरुसहित चुनावी प्रचार गर्दै घरदैलोमा मत माग्न गएका हुन्।




काँग्रेस उमेद्वार गगन थापा वडा नं. ७ को मिर्मिरे टोलमा पुग्दा बाम बुद्धिजीवी खगेन्द्र संग्रौलाले हार्दिकतापूर्वक स्वागत गरेका थिए। संग्रौलाले थापालाई घरमा लगेर टीका लगाइ विजयको शुभकामना दिएका थिए। घरमा सकिएको अबिर लिन संग्रौलाकी श्रीमती जमुना गुरुङ संग्रौलाले खगेन्द्रलाई पसलमा पठाएकी थिइन्। आफूले ल्याएको अबिरले श्रीमतीले थापालाई टीका लगाइदिएपछि संग्रौला दम्पतीले थापालाई सगुनको रुपमा दही खुवाएर जीतको आशिर्वाद दिएका थिए। साथमा श्रीमती जमुना गुरुङ संग्रौलाले थापालाई बुद्धिमान बिबेकशिल र बिनम्र हुन शुभकामना दिएकी थिइन्। थापालाई छोरा भनेर सम्वोधन गर्दै उनले काँग्रेस उमेद्वार थापालाई देशकै छोरा हुन शुभकामना समेत दिए। घरमा थापालाई विजयको शुभकामना दिएका संग्रौला दम्पती त्यसपछि टोलमा गगन थापासँग चुनावी प्रचारमा समेत गएका थिए। खगेन्द्र संग्रौला काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुसँगै थापाको लागि मत माग्न घरदैलोमा समेत पुगेका थिए। थापालाई आफ्नो टोलमा स्वागत गर्न काँग्रेस कार्यकर्ता र शुभेच्छुक मात्र होइन कैयन कम्युनिष्ट पृष्ठभुमिका स्थानीय नेता कार्यकर्ताहरु पनि आएका थिए। आफ्ना छोराछोरीसँग गगन थापालाई भेट्न आएका स्थानीयहरुले छोराछोरीकै आग्रहमा पहिलोपटक काँग्रेसलाई मत हाल्ने समेत बताएका थिए। थापाले शनिवार बुलबुले क्षेत्रमा समेत घरदैलो गरेको काँग्रेस क्षेत्र नं. ४का सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिए। आइतवार भने कपन गाविसमा घरदैलो गर्ने श्रेष्ठले बताए

copied by एचकेनेपाल डट कम

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।