Friday, October 11, 2013

आफुले भनेको बेला ब्वायफ्रेण्डले सम्भोग नगरेपछि चक्कुले च्वाट्टै

२०७० असोज २५ गते
आफुले भनेको बेला ब्वायफ्रेण्डले सेक्स गर्न नमानेपछि एक युवतीले आफ्नै प्रेमीलाई चक्कुले आक्रमण गरेकी छिन् । रक्सी खाएर मातेको अवस्थामा अरु केटीहरुलाई समेत लिएर विहान ४ बजे प्रेमीको घरमा पुगेकी ती युवतीले आफुसँग सेक्स गर्न प्रेमीलाई आग्रह गरिन् । तर धेरै केटीहरुको अगाडि त्यस्तो काम गर्न ती युवकले नमानेपछि रक्सीको नशामा झुमेकी ती प्रेमिकाले चक्कुले प्रेमीको सरीरमा हानिनन् मात्र आफुले लिएर आएका केटीहरुलाई पनि रामधुलाई गर्न लगाइन् ।
अमेरिकाको फ्लोरिडामा घटेको घटना हो यो । २८
वर्षकी ला क्रिस्टल उलर्फक नामकी युवतीमाथि सेक्स गर्न इन्कार गरेको आरोपमा आफ्नै प्रेमीमाथि चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ । यौनकी प्यासी प्रेमिकाको प्यास मेटाउन नसकेपछि आक्रमण खेपेका विचरा ति युवकको आँखा तथा काँध लगायतका ठाउँमा चोट लागेको छ ।
डेली स्टारमा छापिएको समाचार अनुसार उलर्फक मज्जाले रक्सी धोकेर केटी साथीको हुल लिएर ब्वायफ्रेण्डको घरमा पुगिन् । त्यहाँ पुगेपछि उनले एकाएक ब्वायफ्रेण्डलाई आफुसँग सेक्स गर्न निर्देशन दिइन् । तर ती युवक हच्किए । अनि त के चाहियो ? आफ्नो भोक मेटाउन नसक्ने नामर्द भन्दै उनी चक्कु लिएर प्रेमीमाथि जाइ लागिन् । उनलाई साथ दिँदै अरु केटीहरुले पनि विचरा ति युवकलाई रामधुलाई गरे ।
ती युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । उनले आफुले चक्कुले नहानेको र आफ्नो नाकमा प्रेमीले मुक्का हानेपछि आफुले मैनबत्तीको स्टाण्डले प्रहार गरेको दाबी गरेकी छिन् ।
साभार  अनलाइन खवरबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।