Friday, October 11, 2013

देश बचाउनको लागी म प्रधानमन्त्री बन्न चाहन्छु– मलाला


न्युयोर्क, २५ असोज। पाकिस्तानी बाल अधिकारकर्मी मलाला युशुफजायीले देशको समस्या समाधान गर्नका लागि आफु पाकिस्तानको प्रधानमन्त्री बन्न चाहेको बताउनु भएको छ। अमेरिकी टेलिभिजन सिएनएनलाई दिनुभएको अन्तरवार्तामा उहाँले आफू पाकिस्तानको प्रधानमन्त्री बन्न पाएमा देशको हालत सुधार्ने बताउनुभयो।

आज उहाँलाई शान्तिका लागि यसवर्षको नोवेल पुरस्कार प्रदान पनि गर्न सकिने चर्चा चलिरहेका बेला संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा उहाँले सो
धारणा राख्नुभएको हो। यस वर्षका लागि नोवेल शान्ति पुरस्कारको घोषणा आज गरिँदै छ। उक्त पुरस्कार मलालालाई दिन सकिने चर्चा यसअघि नै गरिएको थियो।

उहाँलाई आफ्नो भविष्यका बारेमा अथवा जीवनमा उहाँ के बन्न चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले आफू राजनीतिमा लाग्ने र देशको प्रधानमन्त्री बन्न चाहने पनि धारणा राख्नुभएको थियो। मलाई राजनीति गर्ने इच्छा छ र मैले देशको अहिलेको हालत सुधार्नका लागि प्रधानमन्त्री बन्न चाहन्छु र यो नै मेरो जीवनको उत्कृष्ट बाटो हुनसक्छ – उक्त अन्तरवार्तामा उहाँले भन्नुभयो।

म प्रधानमन्त्री भएँ भने मैले देशको धेरै भन्दा धेरै बजेट शिक्षामा खर्च गर्न चाहन्छु र यसका माध्यमबाट मात्र देशको वर्तमान अवस्था सुध्रिनसक्छ। मलालाले पाकिस्तानमा बालिका शिक्षाका क्षेत्रमा आवाज उठाउँदै आउनुभएको छ। तर पाकिस्तानका कट्टरपन्थी तालिवानहरुले भने त्यहाँ महिलालाई शिक्षा दिनु हुँदैन भन्ने गर्दछन्।

उनीहरुको यो सिद्धान्तको विरोध गरेकै कारण मलालालाई तालिवानहरुले सन् २०१२ को अक्टोबर ९ मा पाकिस्तानको पेसावर सहरमा गोली हानेका थिए। उहाँको उपचार पाकिस्तानमा सम्भव नभएपछि बेलायतको एक सुविधासम्पन्न होटलमा उपचार गराइएको थियो। लामो उपचारपछिमात्र उहाँको स्वास्थ्यमा सुधार आएको थियो।

सोह्र वर्षीया उहाँले त्यसयता नै आफ्नो जीवनी लेख्नुभएको छ। उहाँले केही महिनामात्र अघि संयुक्त राष्ट्रसङ्घलाई नै सम्बोधन गर्नुभएको छ। उहाँको नाममा मलाला कोषको पनि स्थापना गरिएको छ। उक्त कोषको स्थापनाका लागि उहाँले नै अग्रसरता लिनुभएको थियो।

मैले यस पृथ्वीको हरेक बालबालिका क्रिश्चियन होस वा मुस्लिम, काला हुन वा गोरा जसका लागि पनि विद्यालय जान पाउनुपर्ने अधिकारका लागि आफू लागिरहने र त्यसका लागि सङ्घर्ष पनि गर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो– मलाई नोवेल पुरस्कार दिइएमा मेरो बालअधिकारको क्षेत्रमा थप प्रेरणा प्राप्त हुनेछ र जसका कारण विश्वका बालबालिकालाई उनीहरुको अधिकार स्थापित गर्न थप सहयोग मिल्नेछ। एएफपी

click here for watch video 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।