Wednesday, October 9, 2013

७ सदस्यीय दोलखा घोषण पत्र लेखन समिति गठन

दोलखा,असोज २२ गते । गत संविधान सभाको निर्वाचनमा मत खसाल्न जाँदा आफ्नो नाममा पहिले नै अरुले भोट हालि सकेकोले मताधिकार बाट बञ्चित हुनु परेको बास्तविबतालाई मध्ये नजर राख्दै नेकपा एमाले दोलखाले जिल्लाका सम्पूर्ण बुथमा सो अवस्था आउन नदिन तिब्ररुपमा पूर्ब तयारी पुरा गरेको हो ।अतिवादी एकिकृत माओवादी बाट आजित दोलखाली नागरिकलाई स्वतन्त्ररुपमा आफुलाई मन पर्ने पार्टीमा मत हाल्ने अवस्था सिर्जना गराउन पनि एमाले दोलखाले हरेक बुथमा जिल्ला कमिटी सदस्यहरुको कमाण्डमा टोली खटाई निर्वाचनको तयारीपुरा गरेको जनाएको छ । “मरेका मानिसको नाममा भोट खसाल्ने, बिदेशमा
भएकाको नाममा भोट खसाल्ने , गोली र बारुद देखाएर जनता तर्साई मत हाल्ने, बुथ कब्जा गर्ने हरुका दिन गए त्यसको लागी प्रतिकार गर्न एमाले दोलखा सक्षम रहेको छ ” नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले भन्नु भयो । उच्च स्तरीय निर्वाचन परिचालन कमिटी निमार्ण पछि गरिएको दोलखा एमालेको पत्रकार सम्मेलनमा अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पत्रकारले सोधेको प्रश्नमा सो कुरा बताउनु भएको हो । निर्वाचन आचारसंहिता उलंघन नगरि स्वतन्त्ररुपमा निर्वाचन लाग्न अन्य दलहरलाई समेत खबरदारी गर्न उनले संचारकर्मीहरुलाई समेत आग्रह गर्नु भयो । पोलिष्टब्यूरो सदस्य पशुपति चौलागाईको संयोजकत्वमा १६ सदशीय उच्च स्तरीय निर्वाचन परिचालन कमिटी निमार्ण गरेको छ । सोही बैकठकले जिल्लाका दुबै क्षेत्रमा एमालेलाई बिजय गराउन पार्टी अध्यक्ष ईश्वरचन्द्र पोखरेलको संयोजकत्वमा एक हजार एक सदशिय निर्वाचन मुल प्रचार प्रसार कमीटी समेत गठन गरेको जनाएको छ । अनौपचारी रुपमा बिभिन्न संस्थाले आयोजना गरेको कार्यक्रममाउम्मेदवारहरु गई भोट माग्न ब्यस्त भएपनि दोलखा एमालेले कात्तिक ४ गते बाट आप्mना कार्यक्रम औपचारीरुपमा गर्ने सार्वाजानिक गरेको छ । जिल्लाकोक्षेत्रनम्बरएकमाश्यामाबाट,माली,जिरी,ठुलोपातल,मिर्गैगैरिमुदी,झुले,भिरकोट,नाम्दु,क्षेत्रपा,काबे्र,जुँगु,भ्mयाँकु,डाँडाखर्क,मेलुङ,भेडपु,घ्याङ,पवटी,हावा,च्यामा,शहरे मालु र जफे चुवावी सभा गर्दै जनतामा एमालेको स्पष्ट धारण राख्दै मत माग्न जाने कार्यक्रम रहेको क्षेत्र नम्बर एकका उम्मेदवार पार्बत गुरुङले बताए । गुरुङले भने जनताको घर दैलोमा सधैं पुगेको एमालेलाई दोलखाली नागरिकले मन पराएकाछन, उनीहरुलाई भावनालाई एमालेले सम्मान गरेको छ । मत पार्टीले खटाएको एउता उम्मेदवार मात्र हुँ । अग्रज नेताको साथलाई शिरोपर राख्दै सहयात्री नेता कार्यकर्ताको साथसाथमा अगाडी बढ्दै अत्याधिक बहुमतले पार्टीलाई जिताउन अहेरात्र खट्ने गुरुङले बताउनु भयो । बहुप्रतिभाका धनि भनेर चिनिने एमाले दोलखाका प्रतिभावान नेताआन्नद प्रसाद पोखरेल भननु भयोे सबृद्ध दोलखा बनाउन आफुले निवार्ह गरेको भुमी लाई दोलखाली नागरिकले बिर्सिएकाछैन । उहाँहरुको बस्ती बस्तीमा विकास निमार्णको काम गर्दा आनन्दप्रसादको पसिना समाहित भएको छ ,त्यसैले पनि अन्य उम्मेदवारको तुलनामा क्षेत्र नं २ मा आफु लोकप्रिय रहेको उहाँले दाबि गर्नु भयोे ।कात्तिक ४ गतेबाट जिल्लाको उत्तरी भुगोल लामाबगरहुदैओराङ,लादुक,बलुङ,चिलङखा,बिगु,आलम्पु,खोपाचागु,कालिञ्चोक,बाबरे,लामीडाँडा,लापिलाङग,सुनखानी,सुन्द्रावती,सुस्पाक्षमावती,बोच,फस्कु,शैलुङगेश्वर,काटाकुटी,मागापौवा,दुधपोखरी,भुषापेदा,लाकुरीडाँडा,र नगरपालिकामा चुनावी कार्यक्रम लिएर जाने पार्टीले कार्यक्रम बनाएको अनुरुपमा आफु अगाडी बढ्ने क्षेत्र नं २ का उम्मेदवार पोखरेलले बताउनु भयो । एमाले दोलखाले निर्वाचनको लागी खर्च जुटाउन पोलिष्टब्यूरो सदस्य पशुपति चौलागाईको संयोजकत्वमा आनन्द प्रसाद पोखरेल, लालकुमार केसी,शिव भण्डारी,पार्वत गुरुङ,ईश्वरचन्द्र पोखरेल,जिवस राज खड्का रहेको सात सदशीय आर्थिक ब्यवस्थापन कमीटी बनाएको छ । त्यसै गरि चोकबहादुर दहालको संयोजकतवमा दिनेशराज शिवाकोटी,बसन्तराज कार्की,ईश्वरी रिजाल,रामकृष्ण केसी,बृखक्रान्ति,कमला ओली रहेको ७ सदशिय दोलखा घोषण पत्र लेखन समिति गठन गरेको पत्रकार सम्मेलन एमाले दोलखाले जनाएको छ ।

साभार मेरो जिल्ला डट कम

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।