Thursday, November 14, 2013

नेपाल टेलिकमको सेवामा भोलिदेखि छुटैछुट

नेपाल टेलिकमले भोलिदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ। 
घरमा जडान गरिएको तारयुक्त …पिएसटिएन', ताररहित 'सिडिएमए' र मोबाइलबाट शुक्रबार राति १० बजेदेखि आइतबार बिहान ८ बजेसम्म कम्पनीको सञ्जालभित्र फोन गर्दा प्रतिचार मिनेटको महसुल रु एक कायम गरेको नेपाल टेलिकमले जनाएको छ। यसअघि उक्त अवधिमा फोन गर्दा ग्राहकले प्रति दुई मिनेट रु एक तिनुपर्थ्यो। 
टेलिकमले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एक अञ्चलबाट अर्को अञ्चलमा गरिने र एकै अञ्चलमा हुने 'ट्रंकल'मा रु एकमा ९० सेकेन्ड कुरा गर्न पाइने छ। यसअघि एक मिनेटमा त्यस्तो सुविधा उपलब्ध गराइएको थियो।
त्यसैगरी मोबाइल र सिडिएमए पोस्टपेड मोबाइलबाट शनिबार बिहान छ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रतिमिनेट ७५ पैसा कायम गरिएको छ। यसअघि उक्त सेवाको महसुल प्रतिमिनेट रु एक कायम गरिएको थियो। टेलिकमले मोबाइल र सिडिएमए प्रिपेडबाट गरिने फोनमा पनि प्रतिमिनेट ५० पैसा घटाएको छ।

हेर्नुहोस ककस्तो सेवामा कस्तो छूट

setopati.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।