Wednesday, November 13, 2013

‘चुनावपछि विदेश आउनु नपरोस्’ मलेसियाका नेपाली यसो भन्छन्

नेपालमा अहिले चुनावको चहलपहल छ । संविधान बनाउनका लागि गरिएको चुनाव भएकाले यसप्रति चासो र चिन्ता विदेशमा बस्ने नेपालीमा पनि उत्तिकै छ । के भन्छन् त  मलेसियामा रहेका नेपाली चुनावको विषयमा:

एकीकृत माओवादीले जित्नुपर्छ

सन्तोष पौडेल
रामेछाप, हाल क्वालालम्पुर
नेपालका लागि संविधान सभाको चुनाव यो नै पहिलो होइन । ६ वर्षअघि पनि संविधानसभाको चुनाव भएको हो । तर राजनीति दलकै कारण संसारमा कहीँ नभएको नेपालमा फेरि संविधान सभाको चुनाव हुन लागेको छ । हामी विदेशमा
भएपनि मन गाउँमा हुन्छ र घरतिर फोन गर्दा चुनाव लागेको छ भन्छन्, त्यसैले हाम्रो पनि चुनावमा चासो हुने नै भयो ।
हामी विदेशमा बसेर दुख गरी केही धन आर्जन गर्छाै र घर लैजान्छौ तर मुलुकको अवस्था अन्यौलपूर्ण भएकोले हाम्रो कमाईको सदुपयोग हुन सकेको छैन ।  अब संविधानको कुरा गर्दा २०४६ सालको आन्दोलनपछि कांग्रेसको अगुवाईमा संविधान बन्यो । फेरि पनि उसैलाई नेतृत्व दिने हो भने सुधारिएको संविधान बनाउला जस्तो मलाई लाग्दैन ।
एमाले कस्तो पार्टी हो चिन्न सकिएको छैन, त्यसैले  शुरु देखि नै लोकतन्त्र र गणतन्त्रको जोडदार रुपमा उठाउने एकीकृत माओवादीलाई जिताउनुपर्छ । राप्रपा नेपालले राजतन्त्र ल्याउने जुन कुरा गरेको छ त्यो दीवास्वप्न मात्रै हो ।
.........................................

एमालेलाई नेतृत्व दिनुपर्छ

अर्जुन काफ्ले
पथरी मोरङ, हालः शाह आलम मलेशिया
नयाँ संविधान बनाउन संविधान सभाको चुनाव आवश्यक छ । अबको संविधानसभामा लोकतान्त्रिक खेमाको नेतृत्व हुनुपर्छ । जसका लागि एमाले एउटा शक्ति हो । किनकी पहिले पनि एमालेको भूमिकामा राम्रो खेलेकोले एमालेले नेतृत्व गर्यो भने जनताको संविधान बन्न सक्छ भन्ने मलाई लाग्छ ।

...............................................

भोट हाल्दा पार्टीका बारेमा बुझौं

सुरेन्द्र पनेरु
दर्वेसा, मोरङ, हाल: पोर्ट केलाङ, मलेसिया
संविधान सभा चुनावपछि हामीले हाम्रो कानून आफै बनाउन पाउँछौ । तर हाम्रो भावनाको प्रतिनिधित्व कसले गर्छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।
हामीले पहिलेदेखि चिन्दै आएको पार्टी भनेको नेपाली कांग्रेस र अहिले पनि काँग्रेस नै अरु भन्दा पृथक पार्टी बनिरहेको छ । त्यसैले भोट हाल्ने बेला पार्टीका बारेमा ज्ञान हुनु आवश्यक छ ।

....................................

एमाओवादीनै ठीक

देवशन शिशिर राई
संखुवासभा, हाल: पोर्ट केलाङ, मलेसिया
यो चुनावमा सबै नेपालीले भाग लिनै पर्छ । ब्यक्तिगत स्वार्थ भन्दा पनि समाज र देशको भविष्य कोर्न सक्ने पार्टीलाई नेतृत्व दिनुपर्छ । अहिले जति पनि राजनीतिक दलले घोषणा पत्र सार्वजनिक गरेका छन, तिनलाई हेर्ने हो भने पनि एकीकृत माओवादीको नेतृत्व नै हाम्रो लागि उपयुक्त हुन्छ ।  

.............................................

युवालाई बुझ्ने नेतृत्व आवश्यक

रविलाल अधिकारी,
पोखरा, हाल: जोहरबारु मलेसिया
अहिलेसम्म सबैले बोले मात्रै, हामी युवाका लागि केही गरेनन् । सबै व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरे ।  हामी लाखौं युवा विदेशमा पसीना बगाएर अर्काको देश सिंगार्न बाध्य छौ, तर हाम्रा लागि राजनीति गरिदिने मान्छे नेपाली राजनीतिमा मैले अहिलेसम्म देखेको छैन् । हामी आफ्नै देशमा काम गर्न र आफ्नै देश सिंगार्न चाहान्छौ, त्यही हाम्रो यो भावना बुझ्ने पार्टीलाई जिताउन आवश्यक छ ।

.......................................

नेताका कारण मन छियाछिया भयो

डिल्ली गजुरेल,
नुवाकोट, हाल पेनाङ मलेशिया
नेपाली नेताहरु मलाई मन पर्दैन, नेताहरुको काम र व्यवहार देखेर मेरो मन छियाछिया भैसकेको छ । पहिले नै संविधान बन्नुपथ्र्यो नेताहरुकै कारण बन्न सकेन् । तर चुनावप्रति भने मेरो सकारात्मक धारणा छ । तत्काल संविधान बनाउनका लागि पनि संविधान सभाको चुनाव आवश्यक छ । त्यसैले हामीले विदेशीनु नपर्ने अवस्था निर्माण गर्ने, हामी युवाका समस्या बुझ्ने र मुलुकलाई समृद्ध बनाउने पार्टीलाई चुनावमा जिताएर नेतृत्व दिनुपर्छ ।

.....................................

हाम्रो पार्टी भन्दा राम्रो पार्टी चुनौं

भुपाल बोहरा, सल्यान
हाम्रो पार्टी भन्दा राम्रो पार्टी चुन्नुपर्छ । जनताको पीर मर्का बुझ्ने र हाम्रो समस्या बुझ्ने पार्टी नै राम्रो पार्टी हो । चुनावका बेला मात्रै घरमा आएर खुट्टा ढोग्ने नेताले होईन, हाम्रा सुखदुखमासँगै मुकाबिला गर्ने र विदेशमा बस्ने श्रमिकका पनि समस्या बुझ्ने व्यक्तिले नै हाम्रो नेतृत्व गर्न सक्छ । त्यसैले भोट दिँदा विचार गरौं । नेतालाई नोट र कोट खेलाउने बनाउन भोट नदिउँ, हाम्रो चोटमा मल्हम लगाईदिने पार्टी छानौं ।  

...................................
गजल
आदर्श सुशील
अमरापुरी, ५ नवलपरासी
हाल शाह आलम मलेशिया
उ हेर्नुस त आउनु भो नेताज्यू चुनाव लिएर गाउँमा
पहिला पहिला चुनाव जितेर फर्की आ’काथिए र गाउँमा ?
उहाँका त बड़ा बड़ा आलिशान महल छन रे शहरमा
खुब देश बनाउनु भो आश्वासन जतिदिएर गाउँमा ।

प्रस्तुती: भूमिराज पराजुली/उज्यालो
.ujyaaloonline.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।