Wednesday, November 13, 2013

दोलखामा निर्वाचन पोष्टरले कांग्रेसमा विवाद


दोलखा, कार्तिक २६ - कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका एकजना उम्मेदवारको 'पोष्टर' बजारमा टाँसिएपछि दोलखा कांग्रेसमा बुधवार दिनभर चर्काचर्की भयो ।
दोलखाबाट सिफरिस भएकालाई वेवास्ता गर्दै अन्तैबाट सिफरिस भएका समानुपातिक उम्मेदवारको
पोष्टरहरु दोलखा जिल्लामा टाँस्न ल्याइएपछि असन्तुष्ट कांग्रेस नेता तथा कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरी विरोधसमेत गरे । उनीहरुले पार्टी केन्द्रलाई पैसा, नातावाद र आसेपासेबाट विकेको आरोपसमेत लगाएका छन् ।
दोलखा कांग्रेसले पूर्वसभापति माधवमणि राजभण्डारीलाई पहिलो नम्बरमा समानुपातिकमा सिफारिस गरेको थियो । तर दोलखामा कुनै योगदान नै नभएको दोलखाको अर्को व्यक्ति समानुपातिक उम्मेदवार बनाइएको आरोप कार्यकर्ताहरुले लगाएका छन् । अस्वस्थ बेलामा समेत निरन्तर पार्टी काममा क्रियाशील राजभण्डारीको नाम तीन सय ३५ जनामा पनि नपारेर दोलखा कांग्रेसलाई अपमान गरेको नेविसंघ दोलखाका अध्यक्ष राकेश श्रेष्ठले बताए ।
देशभरका ५३ जना सभापतिहरुको भेला गरेर कांग्रेसलाई राजाको विरोध गर्न र गणतन्त्रमा जान बाध्य बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका राजभण्डारीलाई छायाँमा पारेर अरुलाई नै प्राथमिकता दिएको गुनासो कांग्रेसका कार्यकर्ता हरि शिवाकोटीले गरे । पत्रकार सम्मेलनमा राजभण्डारीले समानुपातिक तर्फको बन्दसूचीमा पार्टीले पैसा दिने, ठूलो नेताहरुलाई चुनाव जित्न मद्दत गर्ने र आफन्तहरुको मात्र नाम समावेश गरेर ठूलो घात गरेको बताए । उनले निर्वाचनका मुखमा असन्तुष्ट पोख्दा आगामी दिनमा पार्टी केन्द्रलाई निर्णय गर्दा बिचार पुर्‍याउन मद्दत मिल्ने विश्वास दिलाए ।

Ekantipur.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।