Monday, November 25, 2013

दोलखाका ४१ उम्मेदवारको धरौटी जफत भयो

शम्भु गौतम। दोलखा, ९ मंसिर। दोस्रो संविधानसभा निर्वाचनमा दोलखाका तीन ठुला दलका ६ उम्मेदवार बाहेक अरुले धरौटी जोगाउन सकेनन् ।

दोलखाको दुबै क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ४७ ले उम्मेदवारी दिए पनि तीन ठुला दलका ६ जना बाहेकको धरौटी जफत भएको छ । दोलखा १ मा विभिन्न १५ वटा पार्टी र ७ जना स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिए पनि एमाले, नेपाली कांग्रेस र एमाओवादीका उम्मेदवारहरुले मात्रै धरौटी जोगाएका छन् । त्यसैगरी दोलखा २ मा विभिन्न २१ दल र ४ स्वतन्त्र गरी २५ ले उम्मेदवारी दिए पनि तीन ठुला दलका
उम्मेदवारले मात्रै धरौटी जोगाउन सकेका छन् ।

देशको चौथो शक्तिको रुपमा रहेको राप्रपाका दोलखा १ का बलबहादुर केसीले ४ सय ३० मत मात्रै प्राप्त गरे । उनी कुनै समय दोलखाका प्रभावशाली नेता मानिन्थे । त्यसैगरी दोलखा पार्टी सभापति समेत रहेका राप्रपाका दोलखा २ का उम्मेदवार नरबहादुर पाख्रिनले ७ सय ५५ मतमा चित्त बुझाउनुपर्यो । नेकपा मालेका तर्फबाट दोलखा २ मा उम्मेदवार बनेका गोविन्द विश्वकर्माले १ हजार ३० मत प्राप्त गरेका छन् भने सो पार्टीका दोलखा १ का उम्मेदवार सुमन योगीले ७ सय ४३ मत प्राप्त गरेका छन् ।

राप्रपा नेपालले दोलखा १ मा १ सय ३५ र दोलखा २ मा ३ सय ४१ मत प्राप्त गरेको छ । त्यस्तै अखण्ड नेपाल पार्टीलाई दोलखा १ मा २७ र दोेलखा २ मा ८४ मत प्राप्त भएको छ । दोलखाको दुबै क्षेत्रमा उम्मेदवारी दिएका एमाओवादी पार्टीका स्वतन्त्र उम्मेदवार रेशमराजश्वराज रिमालले दोलखा १ बाट १७ र दोलखा २ बाट ३२ मत प्राप्त गरेका छन्
 copied by  www.hamrakura.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।