Monday, November 25, 2013

अन्तर्राष्ट्रिय कल आउँदा एनसेलमा पुनः वोनस

१० मंसिर, काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा वोनस पाउने योजनालाई पुनः सुरु गरेको छ । कम्पनीले गत असार २८ गतेदेखि असोज १४ गतेसम्म वोनस योजना लागु गरेर स्थगित गरेको थियो । सो अवधिमा कम्पनीले २६ करोड ८० लाख रुपैयाँ बराबरको वोनस ग्राहकहरुलाई प्रदान गरेको जनाएको छ ।
‘कल आयो पैसा पायो’ नामक यो योजना मंसिर ११ गतेदेखि देशव्यापी रुपमा लागु हुने कम्पनीले जानकारी
दिएको छ । योजनमा एनसेलका पि्रपेड तथा पोष्टपेड ग्राहकहरु निःशुल्क सहभागी हुन सक्छन् ।
योजनामा सहभागी हुने ग्राहकले विश्वको कुनैपनि ठाउँबाट आएको कल लिई कुरा गर्दा हरेक मिनेट पछि १ को दरमा प्रत्येक मिनेट वोनस पाउनेछन् । यसरी अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा एक पटकमा अधिकतम १० सम्म वोनस प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
यसरी प्राप्त वोनस रकमलाई एनसेलको नेटवर्क भित्र कुरा गर्न, एस.एम.एस, एम.एम.एस पठाउन र ईन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । सो वोनस रकम पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्ने छ ।
ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै एनसेलले पुनः यो योजना लागु गरेको एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले दिनुभयो । विदेशमा रहेका आफन्तजनले फोन गर्दा खुशीसँगै अब वोनस पनि प्राप्त हुने हँुदा यो योजनाबाट समस्त ग्राहकले लाभ प्राप्त गर्ने कुरामा विश्वस्त रहेको उहाँको भनाई छ ।
‘कल आयो पैसा पायो’ मा पहिलो चरणमा सहभागी भएका ग्राहकहरुले पुनः दर्ता गर्नु पर्ने छैन । उनीहरु स्वतः नै यसमा सहभागी भई वोनस प्राप्त गर्न थाल्नेछन् । पहिला दर्ता नभएका ग्राहकले भने वोनसका लागि १७१०७ मा फोन गरि दर्ता गर्नु पर्नेछ । यो योजना ९० दिनसम्म लागुहुनेछ ।
copied by  www.onlinekhabar.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।