Wednesday, November 6, 2013

मोवाइल किन्दै हुनुहुन्छ ? कुन मोबाइलको ब्याट्री तगडा छ त ?

स्मार्टफोन किन्ने र चलाउनेहरुको धेरै चासो त्यसको ब्याट्री ब्याकअपमा हुने गर्दछ। महँगा मूल्यका स्मार्टफोनमा हुने सुविधा सँगै लामो समयको ब्याट्री व्याकअप नै आकर्षणको कारण बनेका छन्। त्यसैले त आइफोन, ग्यालेक्सी, लुमिया, ब्ल्याकबेरी अनि एचटीसी फोनहरु बजारमा धेरैको आकर्षणको केन्द्र बनेका छन्।
स्मार्टफोनहरुको छनौटको अवसर धेरै उपलब्ध हुन थालेपछि यतिखेर सबैभन्दा पातलो, छिटो चल्ने, लामो
समय ब्याट्रीले ब्याकअप दिने जस्ता पक्षहरुमा प्रतिस्पर्धा देखिन थालेको छ। पछिल्लो पटक एप्पलले बजारमा उतारेको स्मार्टफोन आइफोन फाइभ एस परिक्षणहरुमा सबैभन्दा छिटो चल्ने फोनका रुपमा स्थापित भएको थियो। पश्चिमा मुलुकहरुका प्रविधि र ग्याजेट सम्बन्धी म्यागेजिन र पत्रिकाहरुले यसखालको परिक्षण र अनुसन्धान गर्दछन्। यस्तै खालको अनुसन्धान हृवीच म्यागेजिनले गरेको छ ब्याट्रीको पक्षमा
जसमा उसले महंगा भनिएका आठ स्मार्टफोनको ब्याट्रीको ब्याकअप क्षमता परिक्षण गरेर सबैभन्दा बढी ब्याट्री टिक्ने फोन र ब्याट्री ब्याकअपका दृष्टिले खत्तम फोन छुट्ट्याएको छ। सामसुङ, एप्पल, एचटीसी, नोकिया र ब्ल्याकबेरीका ति फोनहरुको ब्याट्रीले दिने ब्याकअप समय दुर्इ खालका सेवा (फोनको प्रयोग र इन्टरनेट प्रयोग) प्रयोगगर्दा कति कति छ भनेर तुलनात्मक अध्ययन हृवीच म्यागेजिनले गरेको हो। जसको नतिजामा सामसुको ग्यालेक्सी एस फोर सबैभन्दा धेरै ब्याकअप दिने स्मार्टफोनका रुपमा देखिएको छ।
ग्यालेक्सी एस फोरले कल टाइम (फोन गर्दाको समय) सबै फोनहरु भन्दा धेरै १०५१ मिनेट सम्म ब्याकअप दिन्छ भने नोकियाको लुमिया १०२० ले सबैभन्दा कम ४६० मिनेट मात्र ब्याकअप दिने अध्ययनले पत्ता लगाएको छ। इन्टरनेट चलाउँदा ग्यालेकसी एस फोरले सबैभन्दा धेरै समय ४०५ मिनेट ब्याकअप दिने पत्ता लागेको छ भने सबैभन्दा कम एप्पलको आइफोन फाइभ सीले दिने पत्ता लागेको छ।
हृवीच म्यागेजिनले यो अध्ययन र परिक्षणमा सबै फोनका लागि समान स्थान, सम्वृद्ध सिग्नल, समान डिस्प्लेको चहकका साथ गरेको बताएको छ। साथै तुलनात्मक अध्ययनमा प्रयोग भएका ब्याट्री पनि पुरा चार्ज गरको अवस्थाका रहेको जनाएको छ।
copied  by ........doorsanchar.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।