Thursday, November 7, 2013

नेपालमा उम्मेदवारहरुको पालैपालो मृत्यु हुन थाल्यो

संवाददाता -
काठमाडौं, २१ कार्तिक। संबिधानसभा निर्वाचन २०७० को लागि उठेका विभिन्न दलका उम्मेदवारहरुको पालै पालो निधन हुने क्रम बढ्दो छ।
- पछिल्लो पटक तराई मधेस लोकतान्त्रिक पार्टी कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार सरफत खाँको बिहीबार बिहान मृत्यु भएको छ। बुधवार विहान घरैमा हृदयघात भएपछि उपचारको लागि भैरहवा मेडिकल कलेज पु
¥याइएका ६९ वर्षीय खाँको आज विहान चार बजे निधन भएको हो।

- नेपाल सदभावना पार्टी युनाइटेड (श्याम सुन्दर गुप्ता समूह) का तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिएका रौतहट क्षेत्र नम्बर २ का ५९ वर्षका उम्मेदवार शेख इसराजुलको कार्तिक १५ गते मृत्यु भएको छ। राति खाना खाएर सुतेका इसराजुल बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए।

- चुरेभावर लोकतान्त्रिक पार्टी सर्लाही क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार थलराज वाग्लेको कार्तिक १३ गते निधन भएको छ। टाइफाइडले च्यापेपछि अस्पतालमा लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो। ३३ वर्षीय उनी पार्टीका केन्द्रीय उपाध्यक्षसमेत थिए।

- उम्मेदवारी दिएको २४ घण्टा नबित्दै बारा क्षेत्र नं. ४ का उम्मेदवार तथा एमाले केन्द्रीय सदस्य महमुद आलममाथि गोली प्रहार भएको थियो। गोली प्रहार भएको केही दिनपछि उनको उपचारको क्रममा असोज २४ गते निधन भएको थियो।

- नेकपा एमाले उदयपुरको समानुपातिकका उम्मेदवार तथा पूर्वमेयर लालसेर राईको असोज १५ गते घरको छतबाट खसेर मृत्यु भएको छ। रियाज सप्लायर्स एन्ड ट्रेडर्स पेट्रोलपम्पको तीन तला माथिबाट खसेर गम्भीर घाइते भएका राईको साँझ ७ बजे निधन भएको थियो। केटाकेटीसँगै खेल्दै गर्दा रडमा चप्पल अड्किएर अचानक उनी छतबाट खसेका थिए।
 एचकेनेपाल डट कम 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।