Monday, November 18, 2013

फेसबुककाप्रोफाइलबाटै मानिसको प्रवृत्ति पनि चिन्न सकिन्छ।

फेसबुक, अमेरिकीको सामाजिक सञ्जालमा कति जोडिएका छन् भन्ने कुरा गर्न छाडेर को फेसबुकमा छैन भन्ने खोज्न थाले हुने भइसकेको छ। लोकप्रियताको शिखरमा रहेको यो सामाजिक सञ्जालमा अनेकन पेशा, व्यवसाय, भौगोलिक क्षेत्रका मानिस मात्र होइन अनेकन बानी, व्यवहार र सोच भएका मानिसहरु जोडिएका छन्। जसको व्यवहार, बानी साथै सोचसँगै उनीहरुका फेसबुक गतिविधि पनि फरक फरक छन्। तपाइँसँग फेसबुकमा जोडिएका अनेकन मित्रहरुको व्यवहार उनीहरुका स्टाटस अनि फोटोहरुबाट पनि तपाइँ अन्दाजा लगाउन सक्नुहुन्छ को मानिस कस्तो हो। फेसबुककाप्रोफाइलबाटै मानिसको प्रवृत्ति पनि चिन्न सकिन्छ
फेसबुक सामाजिक मञ्च हो भनेर यसका गतिविधीलाई अत्यन्त गम्भिरताका साथ लिने मानिसहरु पनि छन्। अनि
छन् त्यस्ता मानिस जो फेसबुक रमाइलो र आनन्दका लागि प्रयोग गर्छन् ठट्यौली गर्छन्। त्यसो त फेसबुकमा कुत्सित मनोकांक्षा भएका यौन र मनोरोगी पनि छन् अनि सामाजिक सेवाका लागि नेर्टवर्क बनाउनेहरु पनि। फेसबुकमा कस्ता कस्ता खालका मानिस होलान् भन्ने जान्ने चाहना आखिर सबैमा हुन्छ। किनकी हामी स्वयं नै अनेकन मानिससँग जोडिएका अनि अनेकन मानिसका स्टाटस र फोटोबाट दैनिक टाइमलाइनमा अघि बढिरहेका हुन्छौं।
हाम्रो फेसबुक नेटवर्कमा केही साथी कहिल्यै स्टाटस नि नलेख्ने अनि कमेन्ट पनि नगर्ने खालका छन्, कोही खाली लोल मात्र लेख्ने छन् भने हुँदो न खाँदोसँग पाँचहजार साथी बनाउने छन्। त कोही चाहिँ खेलका रिक्वेस्ट पठाएर हैरान खेदाउने पनि छन्। त्यसो त कोही भगवान र धार्मिक ग्रन्थका अनुसार भनेर लेख्ने छन् कोही आफ्ना हरेक कुरा अपडेट गर्ने छन्। यस्ता फेसबुक प्रयोगकर्ताका बानी, प्रवृत्तिका आधारमा विभिन्न अध्ययन र वेबसाइटहरुले फेसबुकमा रहेका मानिसहरुलाई वर्गीकरण गरिरहेका हुन्छन्। इन्फोग्राफिक्स र डाटा भिजुअलाइजेसनको काम गर्ने एक वेबसाइटभिजुअल्लीले फेसबुकका प्रयोगकर्तालाई १६ प्रकारमा वर्गीकरण गरेको छ। हेर्नुस् तपाइँ कुन प्रकारमा पर्नुहुन्छ अनि तपाइँका साथी कुन प्रकारका छन्

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।