Saturday, November 9, 2013

एनसेल लिनेहरुका लागि मोबाइलमा सस्तो दरमा नै फेसबुक सेवा दिने

एनसेल लिनेहरुका लागि मोबाइलमा सस्तो दरमा नै फेसबुक सेवा दिने भएको छ। एप्लिकेसनमा आधारित इन्टरनेट प्याकेजका रुपमा एनसेलले फेसबुकका लागि मात्र सस्तो दरमा इन्टरनेट प्याकेजको घोषणा गरेको हो। यसखालको प्याकेज लिनेहरुले मोबाइलमा फेसबुक चलाउनका लागि मात्र छुट्टै इन्टरनेट प्याकेज खरिद गर्न सक्छन्। यसखालको फेसबुक चलाउने प्याकेज ५० पैसा प्रति एमबीको दरमा पाइने एनसेलले जनाएको छ।
यसखालको फेसबुक लक्षित डाटा प्याकेज योजना एनसेलले कार्तिक २१ देखी लागु गरेको छ। यसमा एनसेलका मोबाइल प्रयोगकर्ताले दैनिक, साप्ताहिक वा मासिक रुपमा फेसबुक प्याक लिन सक्ने एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन। कोइरालाका अनुसार दैनिक प्याक ९ रुपैंयामा १० एमबी प्याकेज पाइन्छ जुन २४ घण्टामा सकिसक्नुपर्छ। साप्ताहिक प्याकलाई भने ४९ रुपैंया पर्छ जसमा ७० एमबी डाटा उपलब्ध हुन्छ। १४९ रुपैंया तिर्नेहरुले ३०० एमबी डाटा एक महिनाका लागि प्रयोग गर्न सक्छन्। एनसेलको यी दरहरु कर बाहेकका हुन्।
फेसबुक चलाउनका लागि मात्र लिन सकिने फेसबुक प्याक लिए प्रतिएमबी ५० पैसा 



कसरी लिने?
एनसेल लिएकाहरुले मोबाइलमा ८१७११५३ मा डायल गरेर वा १७११५ मा फोन गरेर बज्ने रेकर्डमा भनिए अनुसारको निर्देशन पालना गरेर यसखालको सेवा लिन सकिन्छ। एनसेलले यो खालको मोबाइल फेसबुक प्याक एकपटकको लागि मात्र लिनसकिने एवम् आफै नविकरण हुने (एक पटक लिएपछि सँधै उही प्याकेज दोहोरिरहने र पैसा पनि त्यही अनुसार काटिइरहने) दुई खालको रहेको जनाएको छ। लिंदा कसरी यो सेवाबाट बाहिर हुने भन्ने पनि जानिराख्नुपर्छ।
कसरी चलाउने?
एनसेलको फेसबुक प्याक विशेष मोबाइलका लागि हो जसमा फेसबुक चलाउनका लागि छुट्टै एप्लिकेसन छ। तपाइँको मोबाइलमा फेसुबक एप छ भने तपाइँका लागि यो योजना सस्तो र नाफादायी हुन्छ। एनसेलले यो योजना मोबाइलबाट फेसबुक चलाउँदा पनि हुने बताएको छ जसका लागि तपाइँ फेसबुकको मोबाइल संस्करणको पेजमा हुनुपर्छ अर्थात् m.facebook.com यही प्याकेजबाट चलाउन सकिन्छ।यो भन्दा अरू पेजमा पुग्नु हुँदैन र पुग्ने खालका लिंकमा क्लिक पनि गर्नु हुँदैन।

के के गर्न सकिन्छ?
एनसेलको यो फेसबुक प्याक लिएपछि एनसेल प्रयोगकर्ताले फेसबुकमा स्टाटस अपडेट गर्न, कुराकानी गर्न, तस्वीर तथा भिडियो अपलोड गर्न, ‘लाईक तथा कमेन्ट’ गर्न र फेसबुक भित्रै रहेको भिडियो हेर्न सक्ने एनसेल बताउँछ। तर फेसबुकबाट अर्को एप्लिकेसन तथा साइटमा गएको खण्डमा भने एनसेलको नियमित इन्टरनेट शुल्क अर्थात् कर बाहेक प्रति एमबीको ६ रुपैंया लाग्छ कुनै पनि डाटा प्याकेज नलिएकाको। (फेसबुक प्याकेज बाहेक छुट्टै इन्टरनेट (डाटा) प्याकेजमा हुनेको सोही प्याकेज अनुसारको काटिन्छ।) त्यसैले तपाइँ यो प्याकको योजनामा मोबाइलबाट फेसबुक चलाउँदा फेसबुकमा सेयर गरिएका समाचार तथा तस्वीरका लिंकहरुमा क्लिक गर्न सक्नुहुन्न (गरेको खण्डमा फेसबुक प्याक भन्दा बाहिरको छुट्टै रकम काटिन्छ)।
ध्यान दिनुपर्ने कुरा
एनसेलले ल्याएको फेसबुक डाटा प्याक भन्ने योजना फेसबुक चलाउनका लागि केही सस्तोमा मोबाइलमा इन्टरनेट सेवामा आफ्ना उपभोक्तालाई टिकाइराख्नका लागि हो। तर यो सस्तोमा फेसबुक चलाउन दिनका लागि मात्र होइन। कम्पनीलाई फेसबुक चलाउँदा आम प्रयोगकर्ताले क्लिक गर्ने फेसबुकमा रहेका बाहिरी वेबसाइटका लिंकबाट राम्रो आम्दानी हुन्छ। किनभने यो योजना मात्र फेसबुकका लागि हो। त्यसैले यो योजनाको प्याक लिएर फेसबुक चलाउनेहरुले फेसबुकमा सेयर भएका लिंकहरु क्लिक गर्नुहुँदैन। फेसबुकमा सेयर भएर तपाइँको टाइमलाइनमा आइपुगेका लिंकहरुमा क्लिक गरेर फेसबुक भन्दा बाहिरको साइटमा तपाइँ पुग्नुभयो भने एनसेलले यो प्याकेज भन्दा बाहिरको शूल्क लगाउँछ जुन तपाइँका लागि निक्कै महँगो साबित हुनसक्छ। जुन एक एमबीको करबाहेक नै ६ रुपैंया पर्छ यदी तपाईले कुनै पनि डाटा प्याकेज लिनु भएको छैन भने।
एनसेलले फेसबुक प्याक दुर्इ खालको तरिकाले लिन सकिने भनेको छ, एउटा एक पटकका लागि मात्र लिने अर्थात् चाहेको खण्डमा पटक पटक लिइरहन सकिने र अर्को चाहिँ एक पटक लिएपछि त्यसपछि आफै निरन्तर रुपमा सोही प्याकेज खरिद भइरहने। त्यसैले यो फेसबुक प्याक खरिद गर्दा कति समयका लागि आवश्यक हो भन्नेमा स्पष्ट भइ खरिद गर्नुपर्दछ। यदी निरन्तर (तपाइँलाई पछि कुनै जानकारी नदिइन पनि सक्छ) सुरुमा लिएको प्याक नै नविकरण हुने गरि लिनुभएको छ भने यो कसरी हटाउने भन्ने पनि पहिले नै जान्नुहोस्।
    copied  ...dorsanchar.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।