Saturday, November 9, 2013

किन भोट दिने यस्ता नेतालाई


कमल पौडेल

विगत ८ सालदेखि म दुबईको श्रम बजारमा श्रम बेचीरहेको छु । जब म सानो थिए कक्षा ७-८ मा पढ्दा नेपालमा जनयुद्ध उत्कर्समा पुगिसकेको थियो कुनै पनि दिन थिएन होला २-४ जना दाजुभाईको मृत्य नभएको।
क्रान्ति को नाउमा यहाँ कहिले दाईले भाइलाई त कहिले भाइले दाइलाई निशानामा पार्दथ्यो । धरै बग्यो यो
देशमा रगतको खोला । कति नारीको सुन्दर सपना सिसासरि फुट्यो त कति आमाका काखहरु रित्तियो । कति बालबच्चाहरु टुहुरा भए त्यो आजसम्म कसैलाई थाहा छैन ।
जब म नेपालबाट दुबई आउदै थिए । मलाई त्यो दिन अझै पनि आजै जस्तो लाग्छ १० वर्से जनयुद्ध लडेर आएका माओवादी नेता पुष्पकमल दाहाल 'प्रचण्ड' पोखराको रंगशालामा भाषण गर्दै थिए, 'अब यो देशमा कोही धनी गरिब हुने छैनन् सबै समान हुनेछन् देशले अबको ५-७ वर्षमा छलाङ मार्नेछ । देशमा म जस्ता लाखौ बेरोजगार युवाहरु जसले आफ्नो आर्थिक अवस्थाको बाबजुद उच्च शिक्षा हासिल गर्न नपाएकाहरु महान जनयुद्धबाट आएको पार्टीले यस्ता एजेन्डाहरु लिएर आउनुलाई एउटा नयाँ नेपालमा सुनौलो सपना देख्दै थियौ ।
म जस्ता लाखौ युवाहरु आफ्नो मन नभई नभई बिदेशीको भुमिमा पसिना बगाउन बाध्य थियौ।
आज देश शान्ति प्रकि्यामा आएको लगभग ८  वर्षभन्दा धरै भयो तर खै मेरो देशमा भएको परिबर्तन ?
 म बसेको शहर दुबईमा यो ८ सालको अन्तरालमा कति विकाश भयो त्यो त देख्नेलाई मात्र थाहा छ । हुन त मेरो देश सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिएको थियो जसले बिकासको नाममा झन गम्भीर सङ्क्रमणको अवस्थामा पुर्‍याउने काम भयो ।
संबिधानशभाको नाममा यहाँ खर्बौ रुपैयाँ सकिए नेताहरुले त्यतिले मात्र नपुगेर युवा स्वरोजगारको नाममा पार्टीका भरौटेहरुले गुण्डाहरुलाई लाखौं रुपैयाँ बाँडियो । सङ्घीयताको नाममा सयौं वर्ष मिलेर बसेका नेपालीहरुलाई जातीय युद्ध तिर उन्मुख गराइयो।
लोकतन्त्र स्थापना भएको आज लगभग १ दशक वितिसक्दा पनि आर्थिक क्रान्तिको नारा लगाएर थाक्दैन नेताहरु ।
कहिले कृषि त कहिले पर्यटन वा कहिले औधोगिक क्रान्ति भनेर भाषण गर्न पछाडि पर्दैनन् ।
देश झनझन भ्रष्टाचार, महंगी, बलात्कार, हत्या, आतंकजस्ता कुकार्यबाट ग्रसित भइरहेको छ ।
कुर्सीको खेलमा देशलाई महिनौंसम्म अनिर्णयको बन्दी बनाउन पछाडि पर्दैनन् । रास्ट्रीयताका नारालाई सत्तामा पुग्ने बलियो हतियार बनाउछन् जब सत्तामा पुग्दछन अनि देशको चाबी अन्तै रहेछ भन्ने गैरजिम्मेवारी वा देशद्रोहीजस्ता कुरा गर्न पछी पर्दैनन् ।
देशको मेरुदण्ड मानिने युवाहरुको रेमिटेन्सले धानेको देशमा नेताहरु भ्रस्टाचार गरेर अकुत सम्पति आर्जन गर्न पछि पर्दैनन् । सुबिधासम्पन्न महल र गाडीहरुले नेताको जीवन बिलाशीता बन्दै गएको छ ।
जब नेताहरुलाई टाउको दुःख थाल्छ करोडौं रुपैयाँ खर्चे र बिदेशीको सुबिधासम्पन्न हस्पिटलमा उपचार गराउन पुग्दछन । जब एउटा देशभक्त स्वर्गीय डाक्टर चित्रप्रसाद वाग्लेलाई नालायक सरकारले कुनै सहायोग गर्दैन ।
एउटा सच्चा देशभक्त डाक्टरको अकालमा मृत्यु हुन्छ राष्ट्रपिता पृथ्वीनारायण शाहको शालिकसँग गणतन्त्र नेपालका नेताहरु आफ्नो रिस फेर्दछन् पृथ्वीनारायण शाहको जन्म भुमिमा गोर्खामा उनको शालिकलाई डोरीले बाँधेर घिसार्दै पछार्दै बजार परिक्रमा गराउँछन् उनको शालिकमा पिसाब गर्दछन्  ।
गणतन्त्र नेपालका नेताका कार्यकर्ताले देशमा जति विकास भएको छ त्यो कुनै नेता वा कुनै पार्टीले गरेको हैन त्यो समयसँगै परिवर्तन भएको हो । यहाँ कसैले आफ्नो बाउको वृता बेचेर गराएको विकास होइन तपाई हामीले दिएको करले भएको हो  । देशमा विकास राष्ट्र निर्माणमा इतिहासको महत्व जति हुन्छ त्यो बुझ्न नसक्नु नै हाम्रो देशको प्रगति नहुनु हो । अहिले चुनावको मौसम छ त्यसैले नेता र नेताका कार्यकर्ता सर्बसधारण जनतालाई विभिन्न प्रलोभन देखाउन पछी पर्ने छैनन् । त्सैले देश विकासको नाममा लिएर देशमा अशान्ति रक्तपात मच्चाउनेलाई भन्दा आफ्नो देशको अस्तित्व बचाउनेलाई भोट हालौ।
setopati.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।