Tuesday, December 10, 2013

सम्बन्ध विच्छेदको कागज रैछ, मलाई त के थाहा र” “यहाँ सहि गर भन्यो, मैले सहिछाप लगाए,

अनुपमा खनाल-गोरखा २५ मंसीर । देशभर महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत विभीन्न
कार्यक्रम चलिरहेका बेला तर गोरखा केरौजा ५ रुन्चेत गाउँकी ठुनी गुरुङले आफ्नै श्रीमान्का कारण रुदै न्यायको खोजीमा भौतारीनु पर्यो । ३४ बर्षिय ठुनी सानैदेखी गुरुङ भाषा बोल्दै आएकाले राम्रोसगँ नेपाली बोल्न पनि जान्दीनन् ।
उनको १४ बर्षअघि गाउँकै रामकृष्ण गुरुङसगँ विहे भएको थियो । घर र माईति दुबै परीवारको सहमतीमा
भएको विहेमा सबै खुसी थिए । तर अहिले ठुनीको हासो हराएको छ । केहिबर्ष अघि रामकृष्ण काठमाण्डौको एक ट्रेकिङ कमपनीमा काम गर्थे । उनले ठुनी अनि छोरा विकासलाई पनि उतै लगे । यहाँको कमाईले जेनतेन दुईछाक टार्दै आएका रामकृष्ण करीब ७ बर्षअघि कामका लागी ओमान गए । साढे ३ बर्ष ओमान बसेर नेपाल फर्कीएको पनि ३ बर्ष भैसक्यो । श्रीमान विदेशबाट फर्किएपछि भने एकाएक परीवर्तन भएको ठुनी बताउछिन् । उनले भनिन् “ उताबाट फर्केपछि मसगँ झगडा गर्ने निहुँ मात्रै खोज्न थाल्यो । अरुले अर्कोसगँ हिड्छे तेरो बुढि भन्देछन् , त्यसो भन्दै गाली गर्न थाल्यो । मेरो विश्वास गरेन । केहि वास्तै गरेन । तँ मेरो बुढि हैन भन्छ । ”
श्रीमानबाट त्यत्ति खुसी नमिलेपनि ठुनी उनि सँगै थिईन् । तर अघिल्लो बर्षको कात्तिकबाट श्रीमान आफ्नै सुरले काठमाण्डौको गंगबुमा होटल गरेर बस्न थाले । उनको श्रीमानले काठमाण्डौकै एक सरकारी स्कुलमा कक्षा ८ मा पढ्दै गरेका १३ बर्षको छोरा विकासको पनि वास्ता गरेनन् ।  आउने जाने पनि टुट्यो र  खर्चपर्च पनि हेरेनन् । ठुनीलाई पत्तै नदिई उनले दशैपछि अर्को विहे पनि गरेछन्  । त्यसपछि रामकृष्ण सम्बन्धविच्छेदका लागी ठुनीको महाराजगन्जको कोठामा पुगेर जर्बजस्ती सहिछाप गराए । ठुनीले रुदै भनिन् “म त लेख्न , पढन नजान्ने मान्छे, केहि आफन्तसगँ आएर ल यहाँ सहि गर भन्यो । मैले सहिछाप लगाए, सम्बन्ध विच्छेदको कागज रैछ । मलाई त के थाहा र ।”
दिदि भिनाजुको सम्बन्ध विग्रदै गएपछि ठुनीको भाई बुथमानले रामकृष्णसगँ दिदिको हकको खोजी गर्न थाले । भिनाजुसगँको  सल्लाहमा गाउँमै समाज भेला गर्ने टुंगो भयो । तर त्यो समाजभेलामा राम्रोसगँ बोल्न नजान्ने ठुनीको कसैले वास्ता गरेन । गाउँकै केहि टाठावाठाहरुले उल्टै ठुनीलाई नै दोषि ठहर गर्दै श्रीमानको केहिपनि सम्पती उनले नपाउने निर्णय गरीदिए । त्यसपछि ठुनी न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा आईपुगेकी छिन् । श्रीमान विदेश गएपनि ठुनीले अरुको घरमा जुठो भाडा माझेर छोरा र आफु पालीदै उनले पठाएको पैसा सबै जम्मा गरेकी थिईन् । उनी फर्कनासाथ सबै रकम पनि फिर्ता गरीन् । त्यसैले नगरकोटमा रामकृष्णले घडेरी किनेको ठुनीको दाबी छ । केरौजामा पनि उनको सम्पती छ । ति सबै सम्पतीबाट आफुले पनि केहि पाउनुपर्ने ठुनी बताउछिन् । उनले भनिन् “ अहिले काठमाण्डौमा अर्काको घरमा जुठो भाडा माझेर , लुगा धोएर महिनामा ६ हजार जति लिदै आएको छु । कोठा भाडा मात्रै २५ सय तिर्नुपर्छ । के खाने , के लाउने, छोरालाई कसरी पढाउने ? म उसको श्रीमती , मेरो हक मैले पाउनुप¥यो नि । ” ठुनीलाई हक दिलाउन उनको कान्छा भाई बुथमान पनि केरौजाबाट सदरमुकाम झरेका छन् । दिदिको न्यायका लागी अदालतसम्म पुग्ने उनले बताए ।
बुथमानले भने “झुक्काएर समबन्ध विच्छेदको कागजमा सहि गर्न लगाउने, अनेक लान्छना लगाउने, मेरो दिदि बोल्न नसक्ने भएकाले समाजका टाठाबाठा भन्नेहरुले पनि यीनलाई हेरेनन् । दिदिको हकका लागी  अदालत पनि जान्छु ।”  बहुविवाह गरेको सन्दर्भमा उजुरी दिन आबशयक विवरण अपुग भएकाले ठुनीले अहिले श्रीमानले रेखेदेख नगरेको भन्दै न्यायको लागी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । उजुरीको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिबि मल्लले बताए । उनले भने “काठमाण्डौमा रहेका उनको श्रीमानलाई सोधपुछका लागी गोरखा झिकाउन परीपत्र गरेको छौ ।  दुबै पक्षको उपस्थितीमा पिडीतलाई न्याय दिन्छौ ।”
 copied by karobardaily 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।