Friday, December 20, 2013

१८वर्षअघि हराएका भाई फेसबुकले भेट्टाइदियो

पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्कीले १८ वर्षअघि नै हराएका आफ्ना भाइको माया मारिसकेका थिए । उनी जिउँदै होलान् भन्ने त चिताएकासम्म थिएनन् ।

एक साताअघि मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा आएको ‘फेन्ड रिक्वेस्ट’ (साथी बन्ने आग्रह) उनको निम्ति जिन्दगीकै सबभन्दा ठूलो आश्चर्य बन्यो ।
त्यो ‘फेन्ड रिक्वेस्ट’ आएको थियो, पुण्यराज कार्कीको नामबाट ।

‘सुरुमा त चिन्नै सकिनँ । यत्तिका वर्षपछि उसको फोटो देखेको थिएँ । अनुहार निकै बदलिएछ । हल्का दारी पलाएको रहेछ । अनुहारमा कताकतति चाउरी पनि परेछन्,’ कार्कीले भने, ‘तर नाम पनि उही, झट्ट हेर्दा उस्तै
उस्तै लाग्ने । मैले आफूलाई थाम्नै सकिनँ । हो न हो यो मेरो भाई नै हो भन्ने लाग्यो ।’

युवराजले हतारहतार पुण्यको फेसबुक प्रोफाइल क्लिक गरे । त्यहाँ उनको टेलिफोन नम्बर थियो । भारतको नम्बर रहेछ । उनले आफ्ना भतिजलाई फोन गर्न लगाए । भतिजले नम्बर डायल गरे । उता फोन उठेपछि दुवैको कुराकानी सुरु भयो। पुण्यको वास्तविक परिचय पहिचान गर्न दसतिरबाट प्रश्न सोध्न थालियो ।

यता टेलिफोनमा सवाल जवाफ चल्दै थियो, उता युवराजको ढुकढुकी बढ्दै थियो । आखिरमा उनको शंका सही सावित भयो । ती व्यक्ति उनै पुण्य रहेछन्, १८ वर्षअघि हराएका उनका भाई । निश्चित हुनेबित्तिकै युवराजले आफूलाई थाम्नै सकेनन् । हतारहतार भतिजको हातबाट फोन खोसेर लिए । र, आफैं कुरा गर्न थाले । आजको नागरिकमा प्रतिभा रावलको समाचार छ।

‘भतिजले यकिन गरिसकेपछि किन किन म त अडिनै सकिनँ, तुरुन्तै फोन टिपे उनले भने,’उसको स्वर पहिलेको जस्तो थिएन । भाषा पनि पुरै फेरिएछ । इन्डियनजस्तै बोल्दो रहेछ ।’

युवराजको मनमा अनेक प्रश्न सल्बलाइरहेका थिए । तर १८ वर्षपछि फेला परेका भाइलाई एकै समटमा सबै चिज सोध्न मन मानेन् । चाहेर पनि सोध्न सकेनन् । किनकी, त्यो क्षण यति भावुक बनेको थियो, न उनी केही सोध्न सकिरहेका थिए, न पुण्य केही जवाफ दिन । दाइको आवाज चिन्नेबित्तिकै पुण्य क्वाँक्वाँ रुन थालेछन् । उनको रुवाईको जवाफ युवराजको आँखाबाट अविरल बगिरहेको आँसुले दिइरहेको थियो । पुण्य २०५२ सालमै घर छाडेर हिँडेका थिए ।

उनी श्रीमती र एक वर्षे छोरासँग राजधानी डल्लुमा बस्थे । त्यहीँ उनको किराना पसल थियो । श्रीमतीसँगको असमझदारीले उनले घरबार छाडेका थिए । उनी पहिले नेपाल प्रहरीमा भर्ती हुन चाहन्थे । तर, कठिन तालिमका कारण टिक्न सकेनन् ।

अहिले उनी जैन सोसाइटी अफ इन्डियाले आयोजना गर्ने ‘अल इन्डिया टुर’का काम गर्छन् । लामो समयपछि परिवारको सम्पर्कमा आउँदा पुण्यले निक्कै खुसी मानेका छन् । तर, उनी अब नेपाल र्फकन चाहँदैनन् । ‘ अब यतिका बर्षपछि नेपाल फर्किएर नयाँ जीवन सुरु गर्नु मेरो लागि निकै कठिन छ,’४८ वर्षका उनले टेलिफोनमा भने, ‘त्यसैले म र्फकन चाहान्न । अहिले आएर नेपाल फर्के भने मैले जिरोबाट सुरु गर्नुपर्छ । ‘

उनी आफैंले पनि दाजुलाई फेसबुकमा फेन्ड रिक्वेस्ट पठाएका होनन् । दाजु हो भनेर चिनिसकेपछि एकजना साथीले रिक्वेस्ट पठाइदिएको उनले बताए । उनी तर परिवारको सम्पर्कमै आउन चाहन्थेनन् । किनकी, दावुहरुले फेला पार्नेवित्तिकै कुनै हालतमा नेपाल र्फकन कर गर्नेछन् भन्ने उनलाई भलिभाँती थाहा थियो ।  copied by  setopati.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।