Saturday, December 7, 2013

दोलखाको विकल्प नेपालको पहिलो फिल्म नगरी


दिलबहादुर केसी-दोलखा, २० मंसिर । सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले दोलखाको विकल्प नेपालको पहिलो फिल्म नगरी सरकारले नसोचेको बताएका छन् । लाँकुरीडाँडाको डाँङडुङेडाँडामा प्रस्तावित फिल्म सिटीको स्थलगत विहीबार आएका मन्त्री पौडेलले नेपाल सरकारले यहाँ बन्न लागेको फिल्म नगरीमा नै सरकारको ध्यान रहेको बताए ।
सरकारका तर्फबाट स्थलगत रुपमा नहेरी चलचित्र विकास बोर्डको प्रस्तावमा नै चालु आर्थिक वर्ष ०७०।७१को नीति तथा कार्यक्रमको बजेट बक्तव्यमा दोलखामा अन्र्तराष्ट्रियस्तरको फिल्म सिटी निर्माणको कार्यक्रम समाबेस भइसकेकाले यसमा कुनै परिवर्तन नहुने दाबी गरे । धेरैतिर मन डुलाउँदा कतै बन्न नसक्ने अवस्था
आउने हुनाले पहिलो फिल्म नगरी लाँकुरीडाँडाबाट बाहिर जान नसक्ने बताए ।
सञ्चार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सहिति टोली लिएर पहिलो पटक डाँङडुङेडाँडा पुगेका मन्त्री पौडेलले सडक, खानेपानी लगायतका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताए । स्थलगत भ्रमणपछि उनले यहाँ प्रकृतिले नै फिल्म नगरीको उपहार दिएकाले यसलाई व्यवस्थित गर्न सरकार लागि पर्ने बताए ।
लाँकुरीडाँडामा प्रस्तावित फिल्म सिटीका लागि सरकारले वातावरणीय प्रभाव मूल्याङकनका लागि टेण्डर समेत आव्हान भएर काम अगाडी बढी सकेको उनले जानकारी दिए । स्थलगत निरीक्षणपछि शुक्रबार जिल्लास्तरमा अन्र्तक्रिया समेत गर्ने कार्यक्रम छ । फिल्म सिटी निर्माणका लागि लाँकुरीडाँडाको डाङडुङे डाँडामा एक हजार ५ सय रोपनी जग्गा समेत व्यवस्था भइसकेको छ । डाँङडुङे डाँडालाई फिल्म सिटी बनाउनका लागि कलाकार तथा फिल्म सिटी अभियान्ता मदनदास श्रेष्ठको संयोजकत्वमा दोलखाली कलाकार समाजसेवीहरुले एक समिति समेत बनाएका छन् ।
दोलखाको लाकुरीडाँडा गाविसस्थित सेतीदेवीदादर सामुदायिक वनका उपभोक्ताहरुले फिल्मसिटीका लागि आवश्यक जग्गा भोगाधिकार दिइसकेको छ । फिल्म सिटीका लागि चलचित्र विकास बोर्डका पदाधिकारी, कलाकार, स्थानीय उद्यमी सहितिको टोलीले स्थलगत अध्ययन गरी लाकुरीडाँडाको सेतीदेवी दादर सामुदायिक वन अन्तर्गत पर्ने डाङडुङे डाँडालाई लोकेसनको रुपमा छनौट गरेका थिए । डाँडामा करिब एक हजार रोपनीको उपयुक्त चउर रहेको छ । करिब ३ हजार ४ सय मिटरमा पर्ने उक्त डाँडाबाट जुगल र गौरीशंकर हिमालको नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
दोलखामा फिल्म सिटी निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघले समेत सार्वजनिक निजी साझेदारीको रुपमा निर्माण गर्ने निर्णय गरेको छ । सुरुमा चिनीयाँ सरकारले सहयोगका लागि चासो देखाए तापनि पछिल्लो समय देशभित्रै ठूला उद्यमी, गैर आवसीय नेपालीहरुले समेत यसमा चासो देखाएको उनले जानकारी दिए । फिल्म सिटीमा इनडोर सुटिङका लागि आवश्यक सम्पूर्ण उपकरण तथा प्रविधिको व्यवस्था गरिने छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।