Wednesday, December 11, 2013

यति हुँदा हुँदै पनि ती पुरुषले न्याय होईन उल्टै दण्डीत हुनु पर्ने अवस्था....

भान्जाको काखमा सुतेर लोग्नेसित बात !

प्रेम सुनार, गुल्मी । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलि रहेका बेला विदेशमा रहेका गुल्मीका दामप्रसाद (नाम परिवर्तन) यता घरमा पत्नीको चर्तिकलाले पानचित खाएका छन् । यसै महिना पहिलो हप्ताको कुरा थियो । एक पटक पल्केको झिल्के घरीघरी पल्के भने झैं आफ्नै माईजूको काखमा रात विताउन पल्केका भान्जो त्यस राति पनि माईजुको विस्तरामा आयो ।

एक दिन होईन, दुई दिन होईन, सधै त्यस्तै भएपछि सहि साध्य भएन दामप्रसादकी आमालाई । सहनपनि
कति सहनु ? जेको पनि सीमा हुन्छ । उनको पालो गाउँ गुहारिन् सासूले । सवै जुटे र घर निकाला गरे । मरेको मुख लगाउँदै दुई सन्तानकी आमा सुन्तली (नाम परिर्वतन) भान्जाको घरमा भित्रिन गईन् ।

पाँच छ वर्ष मुनिका छोरा छोरी च्वाँचुँ र चुँचुँ रुन थाले । ती नकच्चरीको पनि आँखामा आँसु बगे । भान्जाको घरमा के पुगेकी थिईन् जा…जा.. तँ गाउँ भाँडा गैहाल मेरो भित्र नपस गराए परिवारले । उनिहरुको पालो लागे तम्घासतिर । तिन दिन जती मस्ती गर्दै बसे होटलमा । उता श्रीमानलाई फोन गरेर पानी माथीको ओभानो बन्ने कोशिस गदै रहिन् । होटलको विस्तरामा एउटा हातले भान्जाको शरीर सुम्सुमाउँदै अनि अर्को हातले मोवाईलमा श्रीमानसित सती सावित्री बन्दै गरिन् ।

झण्डै तिस वर्ष पुग्न लागेकी, माईजू वीस वाईसे उमेरका भान्जा । छोड्ने मन त छैन तर घरका ती दुधे वालकको मायाँले सतायो उनलाई । माईजू भान्जाले सल्लाह गरे –‘जे भयो भयो छुटम क्यारे..’ भन्दै । अनि सुरु भयो उनको विदेशमा रहेका श्रीमानसंग सती सावित्रयाई ।

श्रीमान विना बाँच्नै नसक्ने र घात गर्न गर्दै नगरेको भन्दै गोहीका आँसु बगाईन् । म मरी जाँउ मेरा देउता जस्ता भान्जासित त्यस्तो काम गरेको भए… भन्न थालिन् । उता विदेशमा मजदुरी गर्न विवस श्रीमानले ती छोरा छोरीको मुख हेरेर घर गएर उनीहरुलाई सम्हालेर बस भने ।

त्यसपछि भान्जालाई तम्घास मै छाडेर लागिन् माईजू घर तिर । घरमा सासूले स्वीकार गरिनन् । त्यसपछि उनी अहिले बेग्लै बसेकी छन् । तर सासूले अस्वीकार गरेर के गर्नु गाँठी मान्छे लोग्नेले स्वीकार गरेपछी कस्को के पो लाग्यो र । यद्यपि समाजमा झाँगिदै गएको यौन विकृतिले विदेशमा रहेका मामा दामप्रसाद मात्रै नभएर उनीजस्ता थुप्रै दामप्रसादहरु पनि यस्ता घटनाबाट पीडित हुँदै आएका छन् ।

यसै गुल्मीमा अर्को एक पत्नी पीडित पुरुषको उजुरी पनि प्रहरीमा परेको छ । विदेशबाट श्रीमान आएको डेढ वर्ष विति सके छ तर पनि नाठा संगको सम्वन्ध कायमै रहेपछि श्रीमानको पालो मोवाईल जति बेला फोन गरे पनि रेकर्ड हुने बनाए छन् । मलाई प्राप्त त्यो रेकर्ड अनुसार रातको दुई वजे श्रीमान सुतेको बेलामा तिनै नाठा संग कुरा गर्छिन् । जसमा सवै खाले पोल खुल्छ । नाठाले उनका श्रीमानलाई मार्ने सम्मको चेतवानी दिन्छन् । यति हुँदा हुँदै पनि ती पुरुषले न्याय होईन उल्टै दण्डीत हुनु पर्ने अवस्था सिर्जना भएको छ । अर्थात मोटो रकम सम्वन्ध विच्छेदका लागि मागिएको छ । सबैलाई जानकारी भएको तथ्य के हो भने हाम्रो मुलुकको कानून महिलाप्रति बढी संवेदनशील छ ।

विदेशमा हाड–हड्डी खियाएर कमाएको पैसाको थात्थलो छैन उनको । यसरी कतिपय महिलाहरुको यस्तो चर्तिकलाले बैदेशिक रोजगारमा रहेका पुरुषहरु दिनप्रति दिन पीडित हुँदै आएका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाए झै अव पुरुष हिंसा विरुद्धको अभियान पनि चलाउनु पर्ने हो कि भन्ने यस्ता घटनाले देखाएको छ । विदेशबाट पठाएको रकम उनै नाठाहरुलाई पोस्दैमा ठिक्क । बेरोजगार त्यो भान्जा पोस्सीनु पोस्सीयो । आखिर उनै माईजुले बाटो खर्च हालेर कता पठाईन् थाह छैन । उ घर फर्केको छैन भन्छन् स्थानियवासी ।

मरेको मुख लगाउँदै बसेकी ती माईजुलाई छिमेकी महिलाहरुले कुरा काट्ने गरेको सुनिन्छ । उनको कुरा सुन्दा मलाई फेरी अर्की एउटी महिलाको भनाई झर्लक्क याद आयो । कुरा के थियो भने एउटी महिला सौता माथी पोईला गईछन् । गएको एक रात विताईन् नयाँ श्रीमानसित । अर्को दिन सौताले लुछे पछि फर्केर पुरानै श्रीमानको घरमा आईन् । त्यस दिन देखि छिमेकी महिलाहरुले मेलापात, पधेरोमा कुरा काट्न थाले । भने–‘छि कस्ती नकचरी हो, पोईला गएर पनि फेरी फर्केर आउनी ….।’

त्यो सुने पछि ती महिलाको कन्चट तातेर आयो । उनको पालो के भनुँ के भनुँ हुँदै प्याच्च भनिन् –‘ मान्छे सधैका लागि पोईला जान्छन र त केहि हुन्न, म जावो एक रात पोईला गा’को पनि त्यत्रो डाह………….’ ठिक त्यस्तै क्षेत्र नम्वर ३ कि ती महिलाले पनि कुरा काट्नेहरुलाई मुखभरीको जवाफ दिदै भन्नु पर्ने–‘ मान्छे नाता नलाग्ने सित लसपस गर्छन र त केहि हुन्न म
विचरी आफ्नै भान्जासित लसपस गर्दा पनि त्यत्रो डाह….’ कि कसो ?
copied by .......biswokhaber.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।