Tuesday, June 10, 2014

सिंगटी खोला जलविद्युत आयोजनाको काम सुरु

दिलबहादुर केसी-दोलखा २६ जेठ । 
नेपाल विद्युत प्राधिकरणले लामो प्रतिक्षापछि विद्युत खरिद सम्झौता(पीपीए) गरेपछि सिंगटी खोला जलविद्युत आयोजनाको काम सुरु भएको छ । सिंगटी खोला प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा “सुपर ६” आयोजना अन्र्तगत पर्छ ।
 
आयोजनाको स्थलगत रुपमा जग्गा खरिद पूर्वाधार पूर्वाधार तयारीको काम गरिरहेको छ । आयोजनाका प्रबद्र्धक कम्पनी सिंगटी हाइड्रो इनर्जी प्रालिका निर्देशक काजी शेर्पाले जग्गा खरिदको काम भई रहेको जानकारी दिए । “धेरै जसो जग्गा खरिद भईसकेको छ” उनले कारोबारसँग भने “जग्गा खरिद र पूर्वाधार तयारी पूरा गरेर वर्षात् सकिने बित्तिकै आयोजनाको काम सुरु गर्छौं ।” सिंगटी खोला सहितका सहित प्राधिकरणले सुपर ६ का सबै आयोजनाको प्राधिकरणले पीपीए गरे पनि विद्युत विकास विभागबाट उत्पादन इजाजत जारी हुन बाँकी छ ।
सिंगटी खोला जलविद्युत आयोजनाको निर्माणका लागि स्वदेशी तथा गैरआवासीय नेपाली सबैतिरको लगानी जुटाएर निर्माण तयारी भएको हो । आयोजनको क्षमता अहिले १६ मेगावाट भए पनि विस्तृत अध्ययनबाट क्षमता बढाएर २५ मेगावाटसम्म पुर्याउन सकिने उनले जानकारी दिए ।
 
बाबरे र चिलंखा गाविस बीचमा सोरुङ खोलामा इन्टेक र डिस्याण्डर बनाएर आयोजनाको ६ किलोमिटर सुरुङ निर्माण गरी लामिडाँडा ७को जुरेपानीमा सर्जट्याङ्क निर्माण हुनेछ । त्यसपछि ६ सय ५० मिटर पेनस्टक मार्फत लामिडाँकै शिसिरधारीमा पावरहाउसमा पानी खसाल्ने योजना रहेको आयोजना प्रमुख मनोहरि सापकोटाले जानकारी दिए । आयोजनाको ग्रस हेड २ सय ६८ मिटर रहेको छ ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन समेत तयार भई सके पनि पछिल्लो समयमा गौरीशंकर संरक्षण क्षेत्रका कारण दोहोरो अध्ययन गर्नु परेको प्रबद्र्धकको गुनासो छ । सरकारी प्रक्रियागत झण्झट र ढिलासुस्तीकै कारण आयोजना ढिला भएको बताए । नेपाल विद्युत प्राधिकरणले आव्हान गरेको खुल्ला प्रतिस्पर्धाको आधारमा सिंगटी खोला ६ वर्षअघि लिएको थियो । विद्युत प्राधिकरणसँग सुपर ६ को नामले चिनिएका मध्ये सिंगटी खोला र २४ मेगावाटको खारे खोला दोलखामा पर्दछ । 
आयोजनाबाट उत्पादित विद्युत विद्युत गृहभन्दा २ सय मिटर टाढा रहेको सिंगटी स्थित सव स्टेशनमा जोडेर केन्द्रीय प्रसारण लाइनमा जडान गरिने योजना रहेको छ । आयोजनाका लागि लादुकतिरबाट सिंगटीदेखि सोरुङ खोलासम्मको ७ किलोमिटर सडकको ट्रयाक खोली यातायातका साधन सञ्चालन भई रहेको छ । आयोजनाको सम्पूर्ण संरचना लामिडाँडा र बाबरेमा निर्माण हुने छ । 
आयोजना ३० प्रतिशत स्वामित्व पूँजी र ७० प्रतिशत ऋण लगानीमा निर्माण हुन लागेको आयोजनाको ४ अर्ब अनुमानित लागत रहेको  छ । आयोजनाका लागि प्राइम कमर्सियल बैंकको नेतृत्वमा ९ वटा बैंकहरुले ऋण लगानी गर्ने सहमति भएको उनले बताए । तत्कालै फाइनान्सियल क्लोजरको काम समेत अघि बढाइने उनले बताए ।
 आयोजनाबाट बाबरे, लामिडाँडा, चिलंखा र लादुक गाविस प्रत्यक्ष प्रभावित हुनेछ । प्रभावित गाविसहरुमा वातावरणीय प्रभाव न्यूनिकरण र साामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम रहेको बताइको छ । 
सुपर ६ आयोजना अन्र्तगत दोलखामा रहेको अर्को २४.१ मेगावाटको खारे खोला कन्स्टोरियम डेभलपमेन्ट प्रालिले इजाजत लिएको छ । सबै आयोजना विद्युत खरिद सम्झौता भएपछि काम अघि बढाएका छन् । सबै आयोजनाको २०७४ असोज १ गतेबाट विद्युतको व्यवसायिक उत्पादन गर्नुपर्ने सम्झौता छ ।
स्थानीयलाई पनि शेयर
सिंगटी खोला जलविद्युत आयोजनाले स्थानीयलाई समेत शेयर लगानी गर्न दिने भएको छ । दोलखामा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा स्थानीयलाई १० प्रतिशत शेयर दिने नजिर बसेपछि यहाँका अन्य आयोजनाले समेत स्थानीयलाई शेयर दिने प्रतिबद्धता गर्न थालेका हुन् ।
दोलखामा निर्माणाधिन माथिल्लो तामाकोसीले १० प्रतिशत, सिप्रिङ खोलाले ५ प्रतिशत निशुल्क, चर्नावतीले १० प्रतिशत र जिरी खोलाले ५ प्रतिशत शेयर स्थानीयलाई लगानी गर्न दिने सम्झौता गरेका छन् । स्थानीयसँगै मिलेरै काम गर्ने उनीहरुले बताए ।
copied  by  karobardaily 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।