Monday, August 10, 2015

बिश्वकै अहिले सम्मको ठूलो डरलाग्दो भूकम्प सूची सहित


बि.सं १३१० आषाढ शुक्ल तृतीया सोमबार, राजा अभय मल्लको शासनकालमा काठमाण्डौंमा गएको करिब ७.७ रेक्टर स्केलको भूकम्प हालसम्म नेपालमा अभिलेख प्राप्त भूकम्प मध्ये पहिलो प्रमाण हो । बि.सं १३१६ राजा

जयदेवको पालामा गएको भूकम्पका कारण अपार जनधनको क्षति भई अनिकालको लागेको थियो ।

वि.सं १४६४ भाद्र शुक्ल द्वादशीको दिन आएको भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति भएको छ ।

वि.सं १७३७ पौष कृष्ण अष्टमीका दिन रातको समयमा गएको भूकम्पबाट अपार जनधनको क्षति ।

वि.सं १७३८ जेष्ठ शुक्ल दिन राजा श्रीनिवास मल्लको शासनकालमा गएको भूकम्पबाट धेरै घर क्षतबिक्षत ।

वि.सं १८२४ आषाढ १ का दिन २४ घण्टामा २१ पटक भूकम्पको झड्का दिएको ऐतिहासिक तथ्य ।

वि.सं १८६६ जेष्ठ दशहराका दिन २१ पटक भूकम्पीय धक्काको अनुभव ।

वि.सं १८८० यम पञ्चमीका दिन लगभग १७ पटक भूकम्पको झड्का ।


वि.सं १८९० भाद्र १२ गते सोमबारका दिन साँझदेखि रातीसम्ममा २३ पटक सम्म भूकम्पका धक्का । केहि दिन सम्म प्रति दिन ४० देखि ५० पटकसम्म भूकम्प सन्त्रास । यसबाट काठमाण्डौं उपत्यकाका ४,२१४ घर, देशभर १८ हजार घर क्षति भएको अनुमान ।

वि.सं १८९१ असार र असोजका विभिन्न दिन भएका भुकम्पहरुबाट धेरै घरको नोक्सानी ।

वि.सं १९७३ नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रमा ठूलो भूकम्प ।

वि.सं १९९० माघ २ गते दिनको २ बजे २४ मिनेट २२ सेकेण्ड जाँदा नेपालको पूर्बी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको महा भूकम्पबाट ८,५१९ जनाको मृत्यु, घर, देवालय र पाटी पौवा समेत गरी २ लाख ७ हजार ७४० वटा संरचना भग्नावशेषमा परिणत ।

वि.सं २०२३ असार १३ गते सुदूरपश्चिमाञ्चल क्षेत्रमा आएको भूकम्पबाट २४ जनाको मृत्यु हुनुका साथै १ हजार ३ सयभन्दा बढी घरहरुको पूर्ण क्षति ।

वि.सं २०३७ श्रावण १४ गते बझागं जिल्लामा आएको ६.४ रेक्टर स्केलको भूकम्पबाट १६ जिल्लामा गरी १०३ जनाको मृत्यु र साढे २ सय हजार भन्दा बढी घरहरु क्षतिग्रस्त ।

वि.सं २०४५ भाद्र ५ गते विहान ४ बजेर ५४ मिनेट ३५ सेकेण्डमा नेपालको पूर्बी भाग उदयपुर जिल्लामा केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ७२१ जनाको मृत्यु र करिब ६५ हजार घर भन्दा बढी घर क्षतिग्रस्त ।

वि.सं २०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्प र १३ गते सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको ६.९ रेक्टर स्कलको भूकम्पले अहिले सम्म ८ हजार ब्यक्तिको मृत्यु, करिब १५ हजार घाईते ।
साभार

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।