Monday, August 10, 2015

नेपालको सुदूरपश्चिमी सिमाक्षेत्रमा ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का


२०७२ साउन २५ सोमबार
एजेन्सी : सोमबार दिउँसो नेपालको सुदूरपश्चिमी सिमाक्षेत्र तथा भारतीय राजधानी दिल्ली आसपासमा भूकम्पको कडा धक्का महसुस भएको छ ।

सोमबार दिउँसो ३ बजेर ४८ मिनेटमा भारतको राजधानी दिल्ली, पञ्जावसहित उत्तर भारतमा ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको झट्कापछि मानिसहरु अत्तालिँदै सडक र खाली चौरमा निस्केका छन् ।


यो भूकम्पको धक्का हिमाञ्चल प्रदेश, हरियाणा, पंजाब र श्रीनगरसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार भूकम्प ६.२ म्याग्निच्यूडको थियो । यो भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दकुशमा रहेको बताइएको छ ।
 copied ....annapurna post 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।