Wednesday, April 20, 2016

अव कोरिया जान भासा मात्रै पास गरेर नहुने सिप सिकेको पनि हुन पर्ने


७ वैशाख, काठमाडौं । कामका लागि दक्षिण कोरिया जाने सपना बुन्दै हुनुहुन्छ ? त्यो हो भने अब भाषासँगै सीप पनि सिक्न थाल्नुभए हुन्छ । कोरियाले सन् २०१९ देखि भाषाको मात्रै होइन, सीपको पनि परीक्षण गरेर मात्रै नेपाली कामदार लैजाने भएको छ ।

रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि लैजाने क्रम २०१८ सम्म मात्रै चल्ने भएको छ । त्यसपछि सीप हातमा नभएका युवालाई कोरियाले असफल ठहर्‍याउनेछ ।
शारीरिक बनोटको परीक्षण र अन्तरवार्ता पनि
अब भाषासँगै कामदारको सीप र शारीरिक स्वरुपको पनि कोरियाले परीक्षण गर्ने आज काठमाडाैंमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रणाली लागू भएपछि कोरिया जान अन्तवार्ता पनि अनिवार्य पास गर्नुपर्ने छ ।

आज कोरियाको मानव संशाधन विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । विभागअन्तर्गत इपीएस सेन्टर नेपालका महानिर्देशक किम कि वुकले सन् २०१९ देखि कामदार छनोट प्रणालीमा अंक प्रणाली लगाउने जानकारी दिए ।

अनुभवको पनि मापन
अहिलेको २ सय पूर्णांकको सुनाइ र र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

कोरियाले नयाँ अंक प्रणालीमा अब उत्पादनमूलक क्षेत्रमा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्नेछ । कृषि, मत्स्यपालन, निर्माण लगायतको भाषा परीक्षामा ९० र सीप परीक्षणमा ११० पूर्णांक हुनेछ ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि विशेष रुपमा परीक्षण गर्नेछ । यस्तै कामदारको सीपको लेभल र कार्य अनुभवलाई पनि प्राथमिकता दिएर अंक दिइनेछ ।

कम्प्युटर प्रणालीबाट परीक्षा

महानिर्देशक वुकका अनुसार सन् २०१९देखि कागजी परीक्षा प्रणालीसमेत हट्नेछ ।  अब कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर जानेकाहरुले मात्रै दिनसक्छन् ।

नयाँ परीक्षा प्रणाली नवौं भाषा परीक्षाबाट लागु गर्ने कोरियाको तयारी छ । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।
स्रोत ghumfir.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।