Wednesday, April 20, 2016

२१ देशमा को को राजदूत सिफारिस गरियो मंत्रीपरिसदवाट ? बिवरण हेरौ

  काठमाडौंः सरकारले विभिन्न २१ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । मंगलाबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशहरुमा राजदूतहरु सिफारिसको निर्णय गरेको हो ।
बैठकले चीन, जापान, ब्राजिल, अस्ट्रेलियासहित २१ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।
सरकारको सिफारिसमा राजदूत बन्नेहरुमा तीन पूर्व मन्त्री पनि रहेका छन् । राजदूत हुनेहरुमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे,  पूर्वमन्त्रीद्वय युवराज कार्की र निरञ्जन थापा रहेका छन् ।
पाण्डे चीनका लागि नेपाली राजदूत बन्ने भएका छन् भने कार्की दक्षिण कोरिया र थापा रसियाका लागि नेपाली राजदूत बन्ने भएका छन् ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार गोपाल खनालका अनुसार मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेकामा परराष्ट्र सेवाबाट पनि सातजना परेका छन् ।
परराष्ट सेवाबाट राजदूदका लागि सिफारिसमा भएकामा ताराप्रसाद पोखरेल, रमेश खनाल, झविन्द्र अर्याल, सेवा अधिकारी, लोकबहादुर थापा र दुर्गाबहादुर सुवेदी रहेका छन् ।
          annapurnapost मा खवर लेखिएको छ
 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।