Sunday, April 24, 2016

दोलखामा रातो मच्छिन्द्रको रथयात्रा सुरु

वि.सं २०७३ बैशाख १२ आइतवार
      संवाददाता
ऐतिहासिक दोलखा सहरमा शनिबारबाट रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ । ९ दिनसम्म चल्ने मछिन्द्रनाथको यात्रा आज पहिलो दिन पिङ्गलमा मछिन्द्रको मूर्तीलाई दुधले नुहाएर सुरु हुने छ ।
डोकुलुङ्गामा रहेको रातो मच्छिन्द्रलाई चैत पूर्णिमाकादिन शनिबार मूर्तीलाई दुधले नुहाएर पिङ्गलमा बाजागाजासहित रथारोहण गरेपछि आइतबारदेखि रथ तान्न सुरु हुने स्थानीय अगुवा भरतनारायण प्रधानले जानकारी दिए ।

करुणामयी, लोककल्याणकारी र सहकालको देवता ठानिने मच्छिन्द्रको रथलाई विभिन्न भागबाट आएकाहरुले तानेर धर्म कमाउने उदेश्य राखे । दोलखा बजारका स्थानीय महिला ब्रतालुहरुले चाही“ सा“झ रथ तान्न थालेपछि पूजापाठ गरेर मात्र भोजन गर्ने परम्परालाई यस बर्ष पनि निरन्तरता दिएका छन् ।
रथतान्ने जात्राको अन्तिम दिन करुणामय अवलोकितेश्वर मच्छिन्द्रनाथको रथ ऐतिहासिक दोलखा सहरको पिङ्गल टोलबाट ड्वाल्ङा टोलमा पु¥याई सम्पन्न गरिने उनले बताए ।
वि.सं. १५७५ देखि राजा नन्ददेवले सुरु गरेको जात्रा पछिल्लो वर्षहरुमा भने स्थानीय कालिञ्चोक युवा क्लबले निरन्तर गर्दै आएको छ । रथ तान्ने जात्रा निरन्तर गर्न करिब वि.सं. १६५० ताका राजा बासुदेवले विभिन्न स्थानमा गुठी स्थापना गरी आयस्थाको बन्दोवस्त गरेका थिए । अहिले त्यो स्रोत गुम्दै गएपछि जात्रा चलाउन निकै कठिन परेको प्रधानुले बताए ।
पहिलो दिन पिंगलबाट नक्छे टोलमा विश्राम गरिएको रथयात्र दोस्रो दिन पुर्खुसी टोलमा बास बसाइन्छ । तेस्रो दिन टसिचा टोलमा पु¥याइन्छ भने चौथो दिन जात्राको विशेष दिन मानिन्छ । राजकुलेश्वरबाट स्वयम्भुमा पु¥याउने रथलाई निकै कठिन मानिन्छ । टासिचाको रास्नीको उकालोमा रथ तान्नु पर्ने भएकाले परदेश बसेका दोलखा बजारबासीहरु र चेलीहरुसमेत आइपुग्छन । दोलखा बजारमा विशेष पर्व मानिने यो दिन उपत्यकाबाट नेवारी समुदायहरुको बिशेष उपस्थिति हुन्छ । उकालोमा रथ बिग्रने भय पनि हुन्छ । त्यसो भयो भने रथयात्राको समय महिनौ लम्बिन पनि सक्छ ।
खचाखच भरिएका जात्रे र अन्य सहयोगीको बलमा रथलाई स्वयम्भु पु¥याएपछि कठिन कार्य सम्पन्न मानिने उनले बताए । स्वयम्भुबाट रथलाई दुंगल टोल लगिन्छ । पाँचौ दिन पुनः पिंगलमा विश्राम राखेको रथबाट मच्छिन्द्रलाई झिकेर डोकुलुङ्गामा लगरे ९ दिनको दिन एकबर्षलाई थन्क्याउने चलन छ । आबश्यक स्रोत अभाव र वस्ती विस्तारले रथ तान्न कठिन पर्न थालेपछि २०३९ देखि ०५३ सालसम्म रथयात्र राकिएको थियो । त्यो बेला करिब १४ बर्षसम्म खट बनाएर भए पनि देवतालाई तोकिएको टोलहरुमा पु¥याएको थियो ।
केटाकेटीदेखि बृद्धासमेत भेला भई रथलाई तान्ने चलन छ । रथ तान्ने क्रममा व्यवधान आउन नदिन रथमा एकजना वसेर निर्देशित गर्छन । बाटामा रहेका विजुलीको तार हटाउन प्राधिकरणबाट खटि आएका कर्मचारी सक्रिय हुन्छन् । प्राचीन महत्वको छापिएका ढुङ्गाहरु उप्किएर खाल्डाखुल्डी परेका ठाउ“मा टालटुल गर्दै रथ अघि बढाउनु पर्छ ।
रथयात्राको महत्वलाई ललितपूर पाटनबाट दर्शनका लागि आएका शाक्य, महर्जनलगायत परिवारले थप परिभाषित गरेपछि यसको महत्व झन बढेको छ । टा“सिचाको उकालोमा कठिनसाथ रथ तानेको देखेर उनीहरुले रथको स्तरबृद्धिमा सहयोग पनि गरेका छन् । नेपाल संवत ८२२ ताका पाटनका शाक्य पुर्खाले दोलखाको मच्छिन्द्र नाथमा माला चढाएको ताम्रपत्रमा उल्लेख भएको पाइएकाले उक्त स्थानका शाक्यहरु प्रत्येक बर्ष जात्रामा दर्शनका लागि आउछन् । यो जात्राका कारण पाटन र दोलखाको प्राचीन र सांस्कृतिक सम्बन्ध रहेको भनाई स्थानीयको छ । यो जात्रा नेपाल संबत ६३९ देखि सुरु भएको ताम्रपत्रमा उल्लेख भएको प्रधानले बताए ।
-aawajonline.com वाट  साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।