Thursday, May 12, 2016

अमृत हो तीते करेला, खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु

एजेन्सी । गर्मी बढेसँगै करेलाको सीजन सुरु हुन्छ ।
औषधिको रुपमा हेरिने करेला मानव शरीरका निकै फाइदाजनक छ । मानिसहरु गर्मीयाममा करेलाको तरकारी बढी खाने गर्दछन् । करेलाले घामबाट पनि बचाउने बताइन्छ ।
थाहा पाउनुस् करेलाका फाइदाहरुः
– खानामा रुचि बढाउँछ ।
– छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
– खाएको कुरा राम्ररी पचाउँछ ।
– पेटसफा राख्दछ ।
– कब्जियत हुन दिँदैन ।
– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
– रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
– मधुमेह रोगीलाई
– इन्सुलिनको काम गर्छ ।
– यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, -हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।
– तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
– औषधिको रूपमा तीते करेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
– तीते करेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
– साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।
– मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
– तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ ।
– आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
– तीते करेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
– बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
– तीते करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
– तीते करेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग -स्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
अन्य उपयोगिता: तीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ
- Source dainiknepal

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।