Thursday, May 19, 2016

भ्यान्टाले कपाल झर्दैन अनि थुप्रै अरु फायदा पुर्याउछ कत्तिको खानुहुन्छ ?

बुधबार, जेठ ०५, २०७३

एजेन्सी- तपाई तरकारीमा भ्यान्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस् । किनकी भ्यान्ट मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो । भ्यान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ ।
शरीरमा आइरन बढाउन मात्र होइन भ्यान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ । रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुयौउने भ्यान्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ ।
अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भ्यान्टले तपाईलाई सहयोग गर्छ । भ्यान्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ । चुरोटका अम्मलीले नियमित भ्यान्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ ।
भ्यान्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ । पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भ्यान्टामा पानीको मात्रा समेत धेरै हुन्छ । जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ ।
मधुमेहको रागीका लागि समेत भ्यान्टा उपयोगी हुन्छ । फाइबरको मात्रामा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यस्ले मद्धत गर्छ । टाइप टु मधुमेह भएकाहरुलाई अझ यो बढी प्रभावकारी हुन्छ । भ्यान्टाले कपाल झर्ने समस्यालाई समेत कम गर्न मद्धत पुग्दछ
स्रोत 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।