Thursday, May 26, 2016

बिहानैदेखि चलेका छैनन सार्वजनिक यातायातका साधन

अन्नपूर्ण |
काठमाडौंः नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज चक्काजाम कार्यक्रम गरेको छ ।
संघको जक्काजामका कारण बिहीबार बिहानैदेखि सार्वजनिक तथा भाडाका सवारी चलेका छैन् । निजी सवारीका साधन भने निर्वाध रुपमा चलिरहेका छन् ।
भाडाका सवारी नचल्दा लामो तथा छोटा गन्तव्यका लागि सडकमा निस्किएका यात्रुलाई समस्या परेको छ ।
चक्काजाम बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म जारी रहने महासंघले जनाएको छ ।
महासंघलाई आन्दोलन नगर्न आग्रह गर्दै गृहमन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी दिएपनि महासंघ तथा यातायात मजदुरले सवारी चलाएनन् । गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी सवारी बन्द गरे कारबाही गर्ने चेतावनी दिएको थियो । तर मजदुर संगठनले भने चक्काजामको कार्यक्रम यथावत रहेको विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।
ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनका लागि जेठ एक गतेदेखि लागूहुनेगरी पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना लिने नियम लागू गरेको छ ।
annapurna post मा खवर छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।