Sunday, May 8, 2016

दोलखाका प्रमुख जिल्ला अधिकारी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी ।

सर्मिला बुढाथोकी
प्रजिना बुढाथोकी
बैशाख २६ दोलखा । न्याय माग्न जिल्ला प्रशासन कार्यालय जाँदा उल्टै सार्वजनिक मुद्दा सहित थुनामा बस्नु परेको भन्दै दोलखा शैलुङ्गेश्वर गाविसकी एक महिलाले प्रमुख जिल्ला अधिकारीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।
गैरकानुनी ढङ्गले थुनामा राखेर आफूलाई अन्याय गरेको भन्दै दोलखा शैलुङ्गेश्वर गाविसकी प्रजिना बुढाथोकीले प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।
श्रीमान विवाह दर्ता गर्न नमानेको र नागरिकता नबनाई दिएकाले आफूले उनीबाट पाउनुपर्ने अधिकारका लागि सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय दोलखामा न्याय माग्न गएकी दोलखा शैलुङ्गेश्वर गाविसकी प्रजिना बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले वैशाख ९ गते सार्वजनिक अपराध अन्र्तगत प्रहरी हिरासतमा राखेका थिए ।
चैतको पहिलो साताबाट न्यायको लागि पटक पटक जिल्ला प्रशासन कार्यालय दोलखा पुगेकी बुढाथोकीलाई प्रजिअ शाहीले गालीबेईज्जती गरेको आरोपमा सार्वजनिक मुद्दा दर्ता गरी पाँच दिन हिरासतमा राखेका हुन् । बुढाथोकीलाई गालीबेईज्जती गरेको आरोपसहित हिरासतमा राखेका प्रमुख जिल्ला अधिकारीले उल्टै पीडितलाई माफी मगाएर पाँच सय रुपैयाँ जरिवाना तिराई रिहा गरेका थिए ।
रिहा भए लगत्तै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी प्रजिनाले आफू न्याय माग्न जाँदा उल्टै थुनिनु परेकोले राज्यले समेत आफूलाई अन्याय गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा गएको बताइन् ।
न्याय दिने निकायले पीडितलाई झन बढी पीडा दिएकोले राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको निष्पक्ष छानविन गरी आफूलाई न्याय दिने अपेक्षा गरेको प्रजिनाको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने आफ्नो कार्यक्षत्रमा नपर्ने विषयमा पटक पटक दवाव दिएको र प्रकृया नपुगी नागरिकता दिन नसकिने भन्दा गालीबेईज्जती गर्दै धम्की दिएकाले मुद्दा चलाइ हिरासतमा राखेको दाबी गरेका छन् । महिला खवर अनलाईनवाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।