Sunday, May 8, 2016

यसरी रिकभर गर्नुहोस् डिलिट भएको फोटो

एजेन्सी, वैशाख २६
स्मार्टफोनको मेमोरी कार्डबाट गल्तीले कुनै फोटो डिलिट भएमा कसरी फिर्ता ल्याउने भन्ने विषयमा धेरैलाई चिन्ताको विषय बन्न सक्छ।
यसरी डिलिट भएको फोटो फिर्ता ल्याउन सकिन्छ। फोटो फिर्ता ल्याउनुभन्दा अघि यदि मेमोरी कार्ड फर्म्याट गरिएको भए चाँहि फोटो फिर्ता ल्याउन सम्भव हुदैँन।
जानौँ डिलिट भएका फोटो फिर्ता पाउने तरिकाः
फोटो फिर्ता ल्याउनको लागि रिकभरी सफ्टवेयरको जरुरत पर्छ। विन्डोज प्रयोगकर्ता ‘रिकुवा’ र म्याक प्रयोगकर्ता ‘फोटोरेक’ सफ्टवेयरको प्रयोग गर्ने।
यी सफ्टवेयर डाउनलोड गरिसकेपछि फोनको मेमोरी कार्ड कम्प्युटरसँग कनेक्ट गने।
यदि डिलिट भएको फोटो फोन मेमोरीमा भएको खण्डमा फोनलाई डाटा केबलका माध्यमले कम्प्युटरसँग कनेक्ट गर्ने।
डाउनलोड गरिएको सफ्टवेयरलाई खोल्ने र मेमोरी कार्डलाई स्क्यान गर्ने। यसपछि रिकभर गर्ने सकिने फोटोको लिस्ट देखिन्छ।
उक्त लिस्टबाट रिकभर गर्न चाहेको फोटो छान्ने र रिकभर विकल्पका क्लिक गर्ने।
रिकभर भएको फोटो कम्प्युटरमा गएर सेभ हन्छ।
source :-setopati 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।