Friday, May 27, 2016

जुत्ता लगाउँदा खुट्टा गन्हाउँछ, घर भित्र छिर्ननै अफ्टेरो लाग्यो ? यसो गर्नुस


धेरैलार्इ जुता लगाउँदा गन्हाउने समस्याले सताउने गरेको छ । अाज मोजा सफा गरेर लगाउदा अाजै खुट्टा गन्हाएर हैरान जुत्ता लगाउँदा खुट्टा गन्हाउँछ ? यी हुुन् मुक्ति पाउने ९ उपाय हुन्छ । यसले मानिसलार्इ अफिस तथा पाहुना लाग्दा पनि बेस्सरी सताउने गरेको छ । अाखिर यो समस्याको समाधान कसरी गर्ने ? यी उपाय अपनाउनुहोस

बेकिङ सोडा : बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस् ।

चियापत्ति
चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।
स्याउको भिनेगर
एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् ।
टालकम पाउडर :
जुत्ता लगाउनुभन्दा अघि टालकम पाउडर खुट्टामा छर्किनुहोस् । पाउडरले पसिनाको गिलोपनलाई सोस्ने काम गर्छ जसले गर्दा पसिना कम निसकन्छ । जुत्तामा पनि पाउडर छर्केर लगाउन सकिन्छ ।
मकैको  धुलोः
कर्नफ्लोरको उपयोग खुट्टामा नलगाएर जुत्तामा हाल्नुहोस् जसले गिलापन सोस्न मद्दत गर्छ ।
गुणस्तरीय मोजा
मोजा छनोट गर्दा पूर्ण रूपमा कपडाको छनोट गर्नुपर्छ । नाइलन अथवा पोलिष्टर मिसिएको कपडा भएमा तपाइँ खुट्टा पोल्रने र गन्हाउने गर्छ ।
डिटोल साबुनको प्रयोग
यदि यी सबै उपाय अपनाउँदा पनि खुट्टा गन्हाउन कम भएन भने पर्याप्त मोजा किन्नुहोस र हरेक दिन खुट्टा र मोजा डिटोल साबुनले सफा गर्नुहोस ।

कागतीः
कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।
नुनः
नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।
स्रोत nes24.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।