Tuesday, May 31, 2016

विदेशबाट फर्केकाले ल्याउने टिभीमा के छ नयाँ बजेटको व्यवस्था ?


सकेसम्म सबैलाई रिझाउने गरी ल्याइएको यो वर्षको बजेटमा विदेशबाट फर्केकाले ल्याउने टिभीमा चाहिँ के गरेको छ व्यवस्था भन्ने चासो स्वदेशवासीहरुलाई नभए पनि परदेशवासीहरुलाई पक्कै भयो होला। तर उनीहरुलाई रिझाउने व्यवस्था गरिएको छैन।
आर्थिक विधेयक २०७३ पल्टाएर हेर्दा पुरानो प्रावधानमा खासै कुनै नयाँ परिवर्तन गरिएको छैन। पोहोरपरारकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिने प्रावधान कायम छ। इन्च गनेर लिइने एकमुष्ट भन्सार महसूलको दरमा पनि कुनै परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभी ल्याउँदा कति भन्सार तिर्नुपर्छ त ? विस्तृत विवरण पढ्न भित्र क्लिक गर्नुस्।

आर्थिक विधेयक २०७३ को ४०१ पेजमा यसबारे उल्लेख छ-


बुझ्नुभयो होला, वैदेशिक रोजगारमा गएर कम्तिमा लगातार १२ महिना काम गरी फर्केको नेपाली नागरिक हो भने ३२ इञ्चसम्मको टिभी ल्याउँदा केही पनि तिर्नुपर्दैन।
त्यसो होइन भने दुई किसिमको भन्सार महसूल तिर्नुपर्छ- तपाईँ ६ महिनासम्म विदेशमा बसेको हो कि ६ महिनाभन्दा बढी बसेको हो? ६ महिनासम्म बसेको भए इन्च गनेर एउटा भाउ, छ महिनाभन्दा बढी बसेको भए अर्को भाउ।
त्यो माथि विधेयकमा लेखिएको त भन्सार महसूल मात्र हो। त्यसमा थप ५६५ रुपैयाँ भन्सार सेवा शुल्क पनि तिर्नुपर्छ। त्यसो भए ठ्याक्कै कत्रो टिभी ल्याउँदा कति रुपैयाँ तिर्नुपर्छ भन्ने तपाईँलाई लाग्न सक्ला। तलको सूची हेर्नुस्-


यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।
यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।
माथिको भन्सार कार्यालयको सूचनामा आर्थिक ऐन २०७० बमोजिम लेखिएको छ, अहिले त २०७३ साल हो, मिल्छ त भन्ने लाग्ला। मिल्छ। किनभने भन्सार महसूलमा कुनै हेरफेर गरिएको छैन। सेवा शुल्क पनि उस्तै हो।
(my sansar  वाट )

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।