Sunday, June 19, 2016

अहिले एसलसी पास भएकाले पनि फेरी दुई वर्षपछि एसएलसी दिनुपर्ने

काठमाडौं ५ असार । अहिले एसएलसी दिएका विद्यार्थीले दुई वर्षपछि फेरि एसएलसी दिनुपर्ने भएको छ । राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी रहेको नयाँ शिक्षा ऐन अनुसार अर्को वर्षदेखि १० कक्षामा एसएलसी परीक्षा हुँदैन । ऐनले १२ कक्षासम्मै विद्यालय तहको व्यवस्था गरेकाले १० कक्षाको सट्टा १२ कक्षामा एसएलसी परीक्षा हुन्छ ।

अहिले एसएलसी दिएका विद्यार्थी ११ कक्षामा भर्ना भएर पढिरहँदा नयाँ ऐन लागू भैसकेको हुन्छ । ऐन लागु भएपछि १० को सट्टा १२ कक्षामा एसएलसी परीक्षा हुन्छ ।
१० मा एसएलसी दिइसकेपछि फेरि उसले १२ कक्षामा पनि एसएलसी परीक्षा दिनुपर्छ ‘दिनुपर्छ’ शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने ‘परीक्षा पद्दति कस्तो हुन्छ भन्ने त तय हुन बाँकी छ, तर अहिले १० मा पढिरहेका विद्यार्थीले १२ कक्षामा दिने परीक्षा र अहिले एसएलसी दिएका विद्यार्थीले १२ कक्षामा दिने परीक्षा उस्तै ढाँचाको हुनेछ ।’

नयाँ ऐन लागू भएपछि बन्ने राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गर्नेछ । कक्षा ८ को जिल्लास्तरमा, १० को प्रदेश स्तरमा र १२ को केन्द्र स्तरमा परीक्षा हुने चाहिँ तय भैसकेको छ ।

‘१२ कक्षामा केन्द्र स्तरको परीक्षा हुने भएकाले एसएलसीको जस्तै ढाँचामा हुन्छ’ प्रवक्ता लम्सालले प्रष्ट पार्दै भने , ‘एसएलसीलाई बढी महत्व दिने प्रवृत्तिले समस्या पारेको मात्र हो, नत्र विद्यार्थीले हरेक कक्षामा परीक्षा दिने भएकाले अब हुने १२ को परीक्षा पनि सामान्य हो भनेर बुझ्दा राम्रो हुन्छ ।’


अाजको सेतो गुराँसमा खवर छ

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।