Sunday, June 5, 2016

दैनिक आधा घन्टा मोबाइल अफ गर्नुका फाइदा

काठमाडौं, वैशाख १९ - तपाईंले स्मार्ट फोन प्रयोग गर्नुहुन्छ भने त्यो स्मार्ट फोनलाई दैनिक आधा घन्टा बन्द राख्ने गर्नुहोस ।
मोबाइलका लागि फायल शेयर गर्ने सफ्टवेयर बनाउने कम्पनी एसिलियोनका प्रमुख कार्यकारी योर्गन एडहोल्मले स्मार्ट फोन दैनिक ३० मिनेट बन्द राख्न सल्लाह दिएका हुन् । उनले स्मार्टफोन ३० मिनेट अफ गर्र्दा हुने फाइदा बुँदागत रुपमा बताएका छन् ।
ब्याट्रीको बचत
स्मार्ट फोनमा प्रयोग हुने ब्याट्रीको आयु भनेको ३ सय देखि ५ सय पटकसम्मको रिचार्ज हो । ५ सय पटक रिचार्ज गरिसकेपछि ब्याट्रीको क्षमता ६० प्रतिशतसम्म घट्छ । फोन बन्दा गर्दा ब्याट्री प्रयोग हुँदैन र ब्याट्री बचत हुन्छ ।
तापक्रम घट्छ
मोबाइल चलाउँदा तातो हुने समस्या छ भने पनि त्यसलाई ३० मिनेट अफ गर्दा समस्या समाधान हुन्छ । यद्यपी फोन धेरै तात्ने समस्या छ भने अफ गर्नु तत्कालको लागि समाधान हो ।
मस्तिष्कलाई आराम
२४ सैं घन्टा मोबाइल चलाउन मानिसको मस्तिष्कको लागि पनि हानिकारक हुन्छ । एकै पटकमा मानिसको मस्तिष्कले धेरै काम गन सक्दैन भनेर वैज्ञानिकहरुले पुष्टि नै गरेका छन् । मोबाइल फोनसँगै अफिसको वा अन्य कुनै पनि काम गर्दा मस्तिष्कलाई बोझ पर्न जान्छ । तर यदी तपाईंले ३० मिनेट मोबाइल अफ गर्नुभयो भने तपाईंको स्मार्ट फोनले मात्र होइन मस्तिष्कले पनि आराम पाउँछ ।
काममा एकाग्रता
एक अध्ययन अनुसार ६१ प्रतिशत मानिसले मोबाइलमा आउने नोटिफिकेशन तत्कालै हेर्न चाहन्छन् । बारम्बार नोटिफिकेशन हेर्दा काममा एकाग्रता नहुन सक्छ । त्यो ६१ प्रतिशतमा तपाईं पनि पर्न सक्नुहुन्छ । त्यसैले मोबाइललाई ३० मिनेट बन्द राख्नु भयो भने तपाईंको ध्यान मोबाइलमा जाँदैन र यो समयमा कुनै महत्वपूर्ण कामलाई एकाग्रता दिएर पुरा गर्न सक्नुहुन्छ ।
- एजेन्सीको सहयोगमा Ujyalo online ले प्रकाशन गरेको  समचार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।