Sunday, April 30, 2017

कालिन्चोक केवलकार एक वर्ष भित्रै सम्पन्न !

एक वर्ष भित्र निर्माण सक्ने उद्धेश्यका साथ कालिञ्चोक केवलकार निर्माण हुदै

बैशाख १७ चरिकोट

दोलखामा निर्माणाधिन कालिन्चोक केवलकार एक वर्ष भित्रै सम्पन्न गर्ने उद्धेश्यका साथ निर्माण भइरहेको छ । विवादका बीच निर्माण भइरहेको कालिञ्चोक केवलकार निर्माणमा  झण्डै २० करोड रकम खर्च भइसकेको बताइएको छ ।
कालिञ्चोक केवलकार निर्माण कम्पनीका असोक शिवाकोटीले केवलकारको सिस्टम ए अन्तरगतका कामहरु अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । करिव ४४ करोड लागतमा निर्माण सम्पन्न गर्ने भनिएकोमा हालसम्म करिव २० करोड खर्च भइसकेको शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार अहिले सिस्टम ए अन्तरगतका कामहरु लगभग सकिसकेका छन् अव सिस्टम बी अन्तरगतका कामहरु केही सयमपछि शुरु गरिनेछ ।
साथै खानेपानीको ट्यांकी निर्माणको कामपनि सम्पन्न भइसकेको छ भने विद्युतका लागि पहल भइरहेको बताइएको छ । केवलकार निर्माणका लागि हाल ४२ जना मजदुर र ७ जना इन्जिनियर खटिरहेका निर्माण कम्पनीले जनाएको छ । केवलकार स्वीस प्रविधि अनुसार निर्माण भइरहेकाले केवलकार निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री पनि सुजरल्याण्डबाट नै ल्याइने जनाएको छ ।
निर्माणको शुरुवाती चरणमै विवादमा तानिएको कालिञ्चोक केवलकार विवादका बीच निर्माण कार्य भइरहेको हो । कानूनी प्रक्रिया अनुसार जग्गा प्राप्त नगरी केबलकार निर्माण थालेको भन्दै जिल्ला वन कार्यालयले केबलरकार निर्माण कार्य रोक्न भन्दै पटक पटक आग्रह गर्दै आएको बताएको छ । जिल्ला वन कार्यालय दोलखाका सहायक वन अधिकृत चन्द्र थापा भन्नहुुन्छ, केवलकार निर्माण भ्इरहेको जग्गा अहिलेसम्म पनि वन कार्यालयको स्वामित्वमा रहेको दावी गर्छौ, जवसम्म गुठी संस्थानले आवश्यक प्रमाण कार्यालयमा पेश गर्देन, तवसम्म केवलकार निर्माण कार्य अघि बढ्न सक्दैन र हामीले पटक पटक आवश्यक प्रमाण दिन आग्रह पनि गरिरहेका छौँ । तर गुठी संस्थानले उक्त जग्गा आफ्नो स्वामित्वमा रहेको दावी गरेपछि निर्माण कम्पनीले गुठी संस्थान सम्झौता गरी कानूनी प्रक्रिया पु¥याएको भन्दै निर्माण कार्य जारी राखेको बताएको छ  । केवलकार एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।
-खवर kalinchokfm.com वाट साभार

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।